BIZMANDU
www.bizmandu.com

जागिरेको आयकर घटाउने स्वर्णिमको प्रस्तावमा एमालेको संशोधन, ३५ प्रतिशत कर लगाउन माग

२०८३ असार १५

जागिरेको आयकर घटाउने स्वर्णिमको प्रस्तावमा एमालेको संशोधन, ३५ प्रतिशत कर लगाउन माग
जागिरेको आयकर घटाउने स्वर्णिमको प्रस्तावमा एमालेको संशोधन, ३५ प्रतिशत कर लगाउन माग

काठमाडौं। नेकपा एमालेका एक जना सांसदले सरकारले प्रस्ताव गरेकोभन्दा बढी आयकर लिनुपर्ने भन्दै संशोधन प्रस्ताव दर्ता गराएका छन्।

Tata
GBIME
Nepal Life

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत जेठ १५ गते ल्याएको बजेट तथा आर्थिक विधेयकमार्फत घटाएको व्यक्तिगत आय करलाई वृद्धि गर्नु पर्ने प्रस्ताव गरेका छन्। अर्थमन्त्रीले अधिकतम आयकर ३९ प्रतिशतलाई २९ प्रतिशतमा झारेका थिए।

एमाले सांसद तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा पुष्पराज कँडेलले ब्यक्तिगत आयकरको अधिकतम सीमा ३५ प्रतिशत पुर्‍याउन आर्थिक विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका छन्।

सरकारले प्रस्ताव गरेको आय कर साउन १ गतेबाट लागू हुन्छ। अर्थमन्त्रीले ६ लाखसम्म १ प्रतिशत, ८ लाखसम्म १० प्रतिशत, ११ लाखसम्म २० प्रतिशत, २० लाखसम्म ३० प्रतिशत, ५० लाखसम्म ३६ प्रतिशत र त्यसभन्दा माथि ३९ प्रतिशत कर लगाउने ब्यवस्थामा पुरै फेरबदल गरिदिएका छन्।

अर्थमन्त्रीले १० लाखसम्म १ प्रतिशत, १५ लाखसम्म १० प्रतिशत, २५ लाखसम्म २० प्रतिशत, ४० लाखसम्म २७ प्रतिशत र त्यसमाथि २९ प्रतिशत कर लाग्ने व्यवस्था गरेका छन्।

सांसद कँडेलले ४० लाख कमाउनेलाई २७ को साटो ३० प्रतिशत र त्यसमाथि कमाउनेलाई ३५ प्रतिशत कर लगाउनु पर्ने संशोधन प्रस्ताव दर्ता गराएका हुन्।