काठमाडौं। नेपाल स्टक एक्सचेन्जमा ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। नेप्सेमा सोमबार एनएमबि बैंक, नेको इन्स्योरेन्स र सुपर माई हाइड्रोपावरको सेयर मूल्य सूचीकृत भएको हो।
एनएमबि बैंकको ९१ लाख ८३ हजार ३५२.९८ कित्ता सेयर थपिएको छ। बैंकले पोहोरको मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत नगद र ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
यस्तै, नेको इन्स्योरेन्सको ८ लाख ७ हजार ४६० कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ। कम्पनीले गत वर्षको मुनाफाबाट सेयरधनीलाई १२ प्रतिशत नगद र ३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।
सुपर माई हाइड्रोपावरको १० लाख ७० हजार कित्ता बोनस सेयर थपिएको छ। कम्पनीले सेयरधनीलाई पोहोरको मुनाफाबाट २० प्रतिशत बोनस सेयर र १.११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
नेप्सेमा सूचीकृत भएसँगै कम्पनीहरूको बोनस सेयर लगानीकर्ताले दोस्रो बजारमा खरिदबिक्री गर्न सक्छन्।