BIZMANDU
www.bizmandu.com

२३औँ राष्ट्रिय धान दिवस : खुमलटारमा धान रोपेर मनाइयो असार १५

२०८३ असार १५

२३औँ राष्ट्रिय धान दिवस : खुमलटारमा धान रोपेर मनाइयो असार १५
२३औँ राष्ट्रिय धान दिवस : खुमलटारमा धान रोपेर मनाइयो असार १५

काठमाडौं। असार १५ गते खुमलटारमा राष्ट्रिय धान दिवस मनाइएको छ।

Tata
GBIME
Nepal Life

‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ २३ औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव २०८३ मनाइएको हो।

कृषि, वन तथा पर्यावरण मन्त्रालय, कृषि विभाग र नेपाल कृषि अनुसन्धान परिषद्को आयोजनामा खुमलटारमा रोपाइँ गरेर धान दिवस मनाएइएको छ।

कृषिमन्त्री गीता चौधरी थाइल्याण्डमा भएकोले मन्त्रालयका सचिव डा राजेन्द्र प्रसाद मिश्र धान रोपाइँमा सहभागी भए।

हरेक वर्ष असार १५ को दिनमा राष्ट्रिय धान दिवस मनाउने गरिएको छ। यस दिवसको अवसरमा प्रधानमन्त्री, कृषिमन्त्री लगायत उपस्थिति भएर धान रोपाइँ गरी मनाउने भए पनि यो वर्ष सचिवको उपस्थितिमा दिवस मनाइएको हो।

आर्थिक वर्ष २०८२/८३ मा देशभर १३ लाख ८१ हजार ४८८ हेक्टरमा धान रोपाइँ हुने छ। यो वर्ष बर्सात् ढिला हुँदा गत सातासम्म करिब ११ प्रतिशतमात्र धान रोपाइँ भएको छ।