BIZMANDU
www.bizmandu.com

सेबोनका नवनियुक्त अध्यक्ष भट्टलाई शपथ गराउँदै अर्थमन्त्रीले मागे बजार सुधारको योजना

२०८३ असार १५

सेबोनका नवनियुक्त अध्यक्ष भट्टलाई शपथ गराउँदै अर्थमन्त्रीले मागे बजार सुधारको योजना
सेबोनका नवनियुक्त अध्यक्ष भट्टलाई शपथ गराउँदै अर्थमन्त्रीले मागे बजार सुधारको योजना


काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष डा गोपालप्रसाद भट्टले लगानीकर्ताको हितमा इमानदारपूर्वक काम गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष निर्देशन दिएका छन्।

Vigo
GBIME
Tata

वाग्लेले सोमबार भट्टलाई पद तथा गोपनीयताको शपथ गराउँदै लगानी सुरक्षा र बजारमा पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको लय समाउनका लागि विशेष ध्यान दिन आग्रह गरे।

‘कुनै पनि लोभ र प्रभावमा नपरी पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्नुहोस्,’ अर्थमन्त्री वाग्लेले भने, ‘म साथमा छु। सरकारले सबैखाले सहयोग गर्छ। पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउनुहोस्।’

अर्थमन्त्री डा. वाग्लेले भट्टसँग पुँजी बजार सुधारका योजना पनि मागेका छन्। उनले बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाथि त्रास सिर्जना गरिएको भन्दै त्यसलाई चिर्न पनि निर्देशन दिए।

‘पुँजी बजार सुधारका योजना समयसीमा बनाएर कार्यान्वयन गर्नुहोस्। बजारमा आत्मविश्वास बढाउँदै लगेर नियमनको भूमिका कुशलतापूर्वक निभाउनुहोस्,’ वाग्लेले भने, ‘मन्त्रालयबाट कुनै प्रकारको हस्तक्षेप हुँदैन। बोलेर होइन, नतिजामा काम गर्नुहोस् । मलाई हरेक हप्ता बजारको ब्रिफिङ चाहिन्छ।’

सेबोनका नवनियुक्त अध्यक्ष डा. भट्टले पुँजी बजार सुधारका लागि विभिन्न समयमा भएका अध्ययन र सिफारिस कार्यान्वयन गर्दै बजारको विकासमा निरन्तर काम गर्ने बताए।

असार ५ गतेको मन्त्रिपरिषद् बैठकले भट्टलाई सेबोन अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको थियो। अर्थमन्त्री वाग्ले त्यसपछि एक सातासम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनमा भएको महाधिवेशनमा व्यस्त भएका कारण भट्टलाई सोमबार मात्र शपथ गराइएको हो।