BIZMANDU
www.bizmandu.com

काठमाडौंमा वर्षाले राहत, असार १५ का दिन मुलुकका विभिन्न जिल्लामा वर्षाको पूर्वानुमान

२०८३ असार १५

काठमाडौंमा वर्षाले राहत, असार १५ का दिन मुलुकका विभिन्न जिल्लामा वर्षाको पूर्वानुमान
काठमाडौंमा वर्षाले राहत, असार १५ का दिन मुलुकका विभिन्न जिल्लामा वर्षाको पूर्वानुमान

काठमाडौं। उखरमाउलो गर्मीबीच सोमबार बिहान काठमाडौं उपत्यकामा वर्षा भएको छ। उपत्यकाका धेरै ठाउँमा वर्षा भएको हो।

Vigo
GBIME
Tata

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्ने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका केही स्थान मेघगर्जन-चट्याङसहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना छ।

तराई भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षा हुन सक्छ। कोशी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना छ।