BIZMANDU
www.bizmandu.com

देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना, यस्तो छ आजको मौसम पूर्वानुमान

२०८३ असार १५

देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना, यस्तो छ आजको मौसम पूर्वानुमान
देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना, यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं। मुलुकका केही स्थानमा मनसुनी वायुको प्रभाव कायमै छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भू-भाग, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव कायम छ।

Tata
GBIME
Nepal Life

अन्य भू-भागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ। साथै, गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू-भाग, कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भू-भागमा २/३ दिनमा मनसुन विस्तार हुने सम्भावना छ।

विभागका अनुसार कोशी र मधेश प्रदेश तथा देशको पहाडी र हिमाली भू-भागमा साधाराणतया बादल लागेको छ भने तराईका भू-भागमा आंशिक बादल लागेको छ। देशभर साधारणतया बादल लागेको छ।

कोशी, बागमती र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।

सोमबार दिउँसो देशभर साधारणतया बादल लाग्ने विभागको अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थान मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको तथा देशका तराई भू-भागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।

कोशी प्रदेशका पहाडी र तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। कोशी प्रदेशको तराई र मधेश प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना छ।

साथै, सोमबार राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका धेरै स्थान, र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानमा र हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थान तथा हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशका तराईका धेरै तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ।

कोशी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। मधेश, बागमती, गण्डकी प्रदेशको एक/दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ। कोशी प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। रासस