BIZMANDU
www.bizmandu.com

इन्जुरी टाइमको गोलले क्यानडाको ऐतिहासिक फड्को, दक्षिण अफ्रिकालाई हराउँदै अन्तिम १६ मा

२०८३ असार १५

इन्जुरी टाइमको गोलले क्यानडाको ऐतिहासिक फड्को, दक्षिण अफ्रिकालाई हराउँदै अन्तिम १६ मा
इन्जुरी टाइमको गोलले क्यानडाको ऐतिहासिक फड्को, दक्षिण अफ्रिकालाई हराउँदै अन्तिम १६ मा

काठमाडौं। क्यानडा फिफा विश्वकपमा पहिलो पटक प्रि-क्वाटरफाइनलमा पुगेको छ। लस एन्जलसमा भएको राउन्ड अफ ३२ को खेलमा सम्पन्न खेलमा दक्षिण अफ्रिकामाथि १-० गोलको मुस्किल जित निकाल्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा ऐतिहासिक स्थान बनाएको हो।

Tata
GBIME
Nepal Life

निर्धारित ९० मिनेट गोलरहित बराबरीमै रोकिएको खेलको दोस्रो निर्णायक गोल इन्जुरी समयमा पुगेर भएको थियो। इन्ज्युरी समयको दोस्रो मिनेटमा कप्तान स्टेफेन युस्ताकियोले उत्कृष्ट भली प्रहार गर्दै निर्णायक गोल गरे। एलिस्टर जोनस्टनको क्रसलाई दक्षिण अफ्रिकी डिफेन्डरले क्लियर गरेपछि बक्सको किनारमा पुगेको बललाई युस्ताकियोले उत्कृष्ट प्रहार गर्दै गोल गरेका थिए। उनको प्रहार गोलरक्षक रोनेन विलियम्सलाई कुनै अवसर नदिइ गोल हुन पुग्यो।

खेलभर क्यानडाले गोलको अवसर सिर्जना गर्ने प्रयास गरेको थियो। पहिलो हाफमा डेरेक कोर्नेलियस, मोइसे बम्बिटो र टाजोन बुकाननले गोल गर्ने राम्रो अवसर गुमाए। पहिलो हाफको अन्त्यतिर रिची लारियामाथि भएको फललाई रेफ्रीले सुरुमा पेनाल्टी घोषणा गरे पनि भीएआर परीक्षणपछि निर्णय उल्ट्याइएको थियो।

दोस्रो हाफमा पनि क्यानडाले लगातार दबाब बनायो। टानी ओलुवासेयीको प्रहार विलियम्सले रोके भने रिबाउन्डमा जोनाथन डेभिडको प्रयासलाई डिफेन्डरले गोललाइनबाट क्लियर गरेका थिए। ७५औँ मिनेटमा चोटपछि पहिलो पटक प्रतियोगितामा मैदान उत्रिएका अल्फोन्सो डेभिसले क्यानडाको आक्रमणलाई थप धार दिएका थिए।

दक्षिण अफ्रिकाले बलमा बढी नियन्त्रण राखे पनि क्यानडाको रक्षापंक्तिलाई खासै चुनौती दिन सकेन। ओस्विन अपोलिसको केही व्यक्तिगत प्रयास बाहेक स्पष्ट गोल अवसर सिर्जना गर्न असफल रहँदा अन्तिम समयमा युस्ताकियोको गोलले उनीहरूको यात्रा टुंगियो।

यो जितसँगै क्यानडाले विश्वकप इतिहासमै पहिलो पटक अन्तिम १६ मा स्थान बनाएको छ। अब उसले अन्तिम १६ मा नेदरल्यान्ड्स वा मोरक्कोमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ।