काठमाडौं। ट्रायम्फ र केटीएमले ललितपुरको कुमारीपाटीमा आफ्नो नयाँ मल्टी-ब्रान्ड शोरुम औपचारिक रुपमा संचालनमा ल्याएको छ। ट्रायम्फ र केटीएमको नेपालका लागि आधिकारिक विक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले आइतबार उक्त शोरुमा संचालनमा ल्याएको हो।
नयाँ शोरुमको उद्घाटन गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छा र ललितपुर ट्राफिक प्रहरीका डीएसपी सुनील जंग शाहले गरेका थिए।
ललितपुरस्थित यो शोरुम मोटरसाइकल पारखीहरूका लागि एक विशिष्ट मल्टी-ब्रान्ड गन्तव्यका रुपमा स्थापित हुने कम्पनीले जनाएको छ। जहाँ ट्रायम्फको प्रिमियम बेलायती मोटरसाइकल परम्परा र केटीएमको विश्व प्रसिद्ध मोटरसाइकल मोडेलहरू एउटै छानामुनि अनुभव गर्न सकिन्छ।
कम्पनीका अनुसार कुमारीपाटीमा रहेको यो नयाँ शोरुमले सेल्स, सर्भिस र स्पेयर पार्ट्स सम्पूर्ण सेवा एउटै स्थानबाट प्रदान गर्नेगरी डिजाइन गरिएको छ। यस नयाँ शोरुमसँगै ट्रायम्फले नेपालभर आफ्नो उपस्थितिलाई अझ सुदृढ बनाएको छ।
यो नेपालमा सातौँ शोरुम हो भने आगामी दिनमा थप स्थानहरुमा पनि शोरुम र सर्भिस सेन्टर विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ।