BIZMANDU
www.bizmandu.com

‘बजेटकै शैलीमा मौद्रिक नीति आए धेरै अपेक्षा हुन्न, दीर्घकालीन सोच सहित ल्याउनुपर्छ’

२०८३ असार १४

‘बजेटकै शैलीमा मौद्रिक नीति आए धेरै अपेक्षा हुन्न, दीर्घकालीन सोच सहित ल्याउनुपर्छ’
‘बजेटकै शैलीमा मौद्रिक नीति आए धेरै अपेक्षा हुन्न, दीर्घकालीन सोच सहित ल्याउनुपर्छ’

पाँच वर्षे दीर्घकालीन सोचसहित मौद्रिक नीति ल्याउनुपर्छ: पूर्वसचिव अर्याल

Tata
GBIME
Nepal Life

काठमाडौं । संघीय संसद्का पूर्व सचिव डा. सुरेन्द्र अर्यालले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट रुपान्तरणकारी नआएकाले त्यसलाई सघाउने गरि आउने मौद्रिक नीतिबाट अपेक्षा गर्न नसकिने बताएका छन्।

आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)द्वारा आयोजित डिकोडिङ मोडर्न बैंकिङ फर इकोनोमिक जर्नालिस्ट्स कार्यक्रममा उनले मौद्रिक नीति बजेटकै शैलीमा आउँदा धेरै अपेक्षा गर्ने ठाउँ नभएको बताएका हुन्।

उनले भने, ‘मौद्रिक नीति दीर्घकालका लागि ल्याउनु पर्छ। एक वर्षको लागि हेरेर होइन। अब सरकार पनि ५ वर्ष जान्छ। राष्ट्र बैंकको नेतृत्व पनि ५ वर्ष जान्छ होला। त्यही भएर छोटो समय हेरेर नीति बनाउनु हुँदैन।’

कर्जा विस्तार नभएको तथ्यलाई हेरेर राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले काम गरेन भनेर भन्न नमिल्ने उनको भनाइ छ। उनका अनुसार कोभिड-१९ पछि कोभिड रेस्पोन्सिभ बजेट ल्याउनु पर्ने भनेर संघीय संसद्को अर्थसमितिमा छलफल भएको र सरकारलाई वित्त नीति र राष्ट्र बैंकलाई मौद्रिक नीतिमा पनि सोही अनुसार ल्याउनको लागि निर्देशन दिएको थियो।

सो समय प्रोभिजनको व्यवस्था धेरै खुकुलो बनाए पनि त्यसलाई निरन्तरता दिन आवश्यक नरहेको उनको भनाइ छ।

मौद्रिक नीतिले छुट्टै काम गर्ने भन्दा पनि वित्त नीति सँग मिलेर जानु पर्ने उनको भनाइ छ।

‘बजेटले अहिले बैंक तथा वित्तीय संस्थामा भएको अधिक तरलताको समस्या समाधान गर्ने गरि आयो कि आएन भनेर हेर्नु पर्छ। धेरै ट्रान्सफर्ममेसन गर्ने गरि बजेट आएको छैन। हिजोकै जस्तो प्याटर्नमा बजेट आएको छ। पुँजीगत खर्च दयनीय अवस्थामा छ। भोलिको दिनमा पनि यस्तै रहन सक्छ,’ उनले भने।