BIZMANDU
www.bizmandu.com

बजेटपछि सांग्रिला मोर्टसले लिएको रणनीतिक मुभ, मूल्य घटाउँदा बिक्रीको ग्राफ बढ्यो

२०८३ असार १४

बजेटपछि सांग्रिला मोर्टसले लिएको रणनीतिक मुभ, मूल्य घटाउँदा बिक्रीको ग्राफ बढ्यो
बजेटपछि सांग्रिला मोर्टसले लिएको रणनीतिक मुभ, मूल्य घटाउँदा बिक्रीको ग्राफ बढ्यो

काठमाडौं। बजेटपछि लिपमोटरको गाडीको मूल्य घट्दा उपभोक्ता आकर्षित भएका छन्।

Tata
GBIME
Nepal Life

लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्सका अनुसार बजेटपछि बी१० र सी१० मोडलको बुकिङ र डेलिभरी बढेको हो।

कम्पनीले सुरक्षा, लामो रेन्ज, आधुनिक प्रविधि र प्रतिस्पर्धी मूल्यले उपभोक्ताको आकर्षण बढेको जनाएको छ। यी विशेषताले प्रिमियम विद्युतीय एसयूभी खोज्ने ग्राहकको रोजाइमा लिपमोटरलाई अग्रस्थानमा पुर्‍याएको कम्पनीको दाबी छ। हाल बजारमा उपलब्ध लिपमोटर सी१० कम्पनीको प्रिमियम इलेक्ट्रिक एसयूभी हो।

त्यस्तै, लिपमोटर बी१० पनि आकर्षक मूल्यका कारण धेरैको रोजाइमा परेको छ। कम्पनीले यस मोडलको मूल्य ६० लाख रुपैयाँबाट घटाएर ५४ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ। मूल्य समायोजनपछि बी१० प्रति ग्राहक आकर्षित भएको कम्पनीको जिकिर छ।

बी१० र सी१० दुवैले प्रतिष्ठित युरो एनक्यापको ५-स्टार सुरक्षा रेटिङ प्राप्त गरेका छन्। यसले यात्रुको सुरक्षामा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको पुष्टि गर्छ।

बी१० मा ६०० किलोमिटर सीएलटीसी रेन्ज, स्पेयर टायर तथा अन्य आधुनिक सुविधा उपलब्ध छन्। त्यसैले दैनिक प्रयोगदेखि लामो दूरीको यात्रासम्मका लागि यो उपयुक्त विकल्प बनेको कम्पनीको दाबी छ।