BIZMANDU
www.bizmandu.com

अरिहन्त मल्टिफाइबर्स सञ्चालक अश्विनी गोल्छालाई उद्योग संगठनको उच्च रोजगार सम्मान

२०८३ असार १३

अरिहन्त मल्टिफाइबर्स सञ्चालक अश्विनी गोल्छालाई उद्योग संगठनको उच्च रोजगार सम्मान
अरिहन्त मल्टिफाइबर्स सञ्चालक अश्विनी गोल्छालाई उद्योग संगठनको उच्च रोजगार सम्मान

विराटनगर। उद्योग संगठन मोरङले महिला उद्यमीलाई सम्मान गरेको छ। संगठनले आफ्नो ५३ औँ वार्षिक साधारणसभामा सुनसरीको जुट उद्योग अरिहन्त मल्टिफाइबर्सका सञ्चालक अश्विनी गोल्छालाई सम्मान गरेको हो।

Tata
GBIME
Nepal Life

सुनसरीको सोनापुरस्थित अरिहन्त मल्टिफाइबर्समा मजदुर र कर्मचारी गरी ४ हजार २ सयभन्दा बढी कार्यरत छन्। गोल्छाको उद्योग मुलुकमा सम्भवतः सबैभन्दा धेरै कामदार-कर्मचारी भएको औद्योगिक प्रतिष्ठानमा पर्छ। सभामा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङथेप र उद्योग संगठनका अध्यक्ष नन्दकिशोर राठीले उद्यमी गोल्छालाई उच्च रोजगार योगदान कदर सम्मान हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा मन्त्री लिङथेपले ठुला उद्योग र परियोजनामा महिलाको नेतृत्व हुनुले नेपाल तीव्र रूपान्तरणको दिशामा गइरहेको संकेत गर्दछ भन्ने धारणा राखे।

अध्यक्ष राठीले विराटनगरको गोल्छा परिवार नेपालको उद्योग व्यापारका लागि आदर्श र अनुकरणको संस्था भएको चर्चा गर्दै नेपालको औद्योगिकीकरणमा गोल्छा अर्गनाइजेसनको सबैभन्दा ठूलो भूमिका भएको बताए।

राठीले जुट उद्योग गोल्छा परिवारको ऐतिहासिक लिगेसी भएको र यति ठूलो उद्योगमा त्यस परिवारकी छोरीले नेतृत्व सम्हालेर आफ्नो नेतृत्व र व्यक्तित्वको परिचय दिइरहेको उल्लेख गरे।

उद्योगी गोल्छाले महिला भएकै कारण हालसम्म आफूलाई उद्योग सञ्चालनमा बाधा अवरोध नभएको र सबैले प्रेम र सम्मान गरिरहेको बताइन्। आफूले उद्योग व्यवसायको सञ्चालन पारिवारिक विरासतकै रूपमा प्राप्त गरेको र यसैमा आफूलाई समर्पित गर्ने प्रण गरेको भनाइ उनले राखिन्।