BIZMANDU
www.bizmandu.com

अमेरिकी डलरको भाउ स्थिर, पाउण्ड र युरो बढ्यो, विदेशी मुद्राको यस्तो छ विनिमय दर

२०८३ असार १३

अमेरिकी डलरको भाउ स्थिर, पाउण्ड र युरो बढ्यो, विदेशी मुद्राको यस्तो छ विनिमय दर
अमेरिकी डलरको भाउ स्थिर, पाउण्ड र युरो बढ्यो, विदेशी मुद्राको यस्तो छ विनिमय दर

काठमाडौं। अमेरिकी डलरको विनिमय दर स्थिर रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहितका केही देशका मुद्राहरूको भाउमा सामान्य उतारचढाव आएको छ।

Tata
GBIME
Nepal Life

नेपाल राष्ट्र बैंकका अनुसार शनिबार अमेरिकी डलरको खरिदबिक्री दर स्थिर छ। शुक्रबार कायम खरिद दर १५० रुपैयाँ ७४ पैसा र बिक्री दर १५१ रुपैयाँ ३४ पैसाबाट यसमा कुनै घटबढ भएको छैन। सुनको भाउ भने तुलनात्मक रुपमा बलियो भएको छ। अन्तर्राष्ट्रिय बजारमा शनिबार सुन प्रति औंस ४०७१.९५ डलर भएको छ। २४ घण्टामा प्रति औंस ३९.४८ डलरले बलियो भएको हो।

युरोपियन युरो १ को खरिद दर १७१ रुपैयाँ ९६ पैसा र बिक्री दर १७२ रुपैयाँ ६४ पैसा कायम भएको छ। शुक्रबार खरिद दर १७१ रुपैयाँ २४ पैसा र बिक्री दर १७१ रुपैयाँ ९२ पैसा थियो।

पाउन्ड स्टर्लिङको भाउ पनि बढेको छ। शनिबार पाउन्डको खरिद दर १९९ रुपैयाँ २८ पैसा र बिक्री दर २०० रुपैयाँ ७ पैसा भएको छ। शुक्रबार यसको खरिद दर १९८ रुपैयाँ ७० पैसा र बिक्री दर १९९ रुपैयाँ ४९ पैसा थियो।

स्विस फ्रयांकको खरिद दर १८६ रुपैयाँ ५२ पैसा र बिक्री दर १८७ रुपैयाँ २७ पैसा भएको छ। शुक्रबार यसको खरिद दर १८५ रुपैयाँ ७१ पैसा र बिक्री दर १८६ रुपैयाँ ४५ पैसा थियो।

यसैगरी, अस्ट्रेलियन डलर १ को खरिद दर १०४ रुपैयाँ ३ पैसा र बिक्री दर १०४ रुपैयाँ ४४ पैसा कायम भएको छ। शुक्रबार खरिद दर १०३ रुपैयाँ ९९ पैसा र बिक्री दर १०४ रुपैयाँ ४० पैसा थियो। क्यानेडियन डलर १ को खरिद दर पनि शुक्रबारको १०५ रुपैयाँ ९० पैसा र बिक्री दर १०६ रुपैयाँ ३२ पैसाबाट बढेर शनिबार खरिद दर १०६ रुपैयाँ २६ पैसा र बिक्री दर १०६ रुपैयाँ ६९ पैसा पुगेको छ।

यस्तो छ आजको विनिमय दर

मुद्राएकाइखरिद दरबिक्री दर
भारतीय मुद्रा१००१६०.००१६०.१५
अमेरिकी डलर१५०.७४१५१.३४
युरोपियन युरो१७१.९६१७२.६४
पाउण्ड स्टर्लिङ१९९.२८२००.०७
स्वीस फ्रयांक१८६.९२१८७.२७
अष्ट्रेलियन डलर१०४.०३१०४.४४
क्यानेडियन डलर१०६.२६१०६.६९
सिंगापुर डलर११६.५२११६.९९
जापानी येन१०९.३३९.३६
चिनियाँ युआन२२.१७२२.२६
साउदी रियाल४०.१४४०.३०
कतारी रियाल४१.३९४१.५६
थाइ भाट४.५२४.५४
यूएई दिराम४१.०४४१.२१
मलेसियन रिंगेट३६.८८३७.०३
साउथ कोरियन वोन१००९.८०९.८४
स्वीडिश क्रोनर१५.५५१५.६१
डेनिश क्रोनर२३.००२३.१०
हङकङ डलर१९.२२१९.३०
कुवेती दिनार४८९.५७४९१.५२
बहरेन दिनार३९९.८४४०१.४३
ओमानी रियाल३९१.५५३९३.११
स्रोत : नेपाल राष्ट्र बैंक