BIZMANDU
www.bizmandu.com

रास्वपा पदाधिकारीको चुनावमा जम्मा १२८९ भोट खस्यो, मतदानमा रवि नै अनुपस्थित

२०८३ असार १२

रास्वपा पदाधिकारीको चुनावमा जम्मा १२८९ भोट खस्यो, मतदानमा रवि नै अनुपस्थित
रास्वपा पदाधिकारीको चुनावमा जम्मा १२८९ भोट खस्यो, मतदानमा रवि नै अनुपस्थित

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि भएको निर्वाचनमा जम्मा १२८९ मत खसेको छ।

Tata
GBIME
Nepal Life

केन्द्रीय सदस्यका लागि २९५९ मत खसेकामा उपसभापति, महामन्त्री र सहमहामन्त्री चयनका लागि शुक्रबार अपराह्न भएको निर्वाचनमा त्यसको आधाभन्दा कम मत खसेको हो। महाधिवेशनमा ४ हजारभन्दा बढी प्रतिनिधि थिए।

९ गते सक्ने भनिएको महाधिवेशन धेरै तन्किएर पट्यारलाग्दो हुनुका साथै बेखर्ची भएका कारण अधिकांश प्रतिनिधि फर्किएको असर पदाधिकारीको मतदानमा देखिएको हो।

पदाधिकारीका लागि भएको मतदानमा चितवनमै रहेका पार्टी सभापति रवि लामिछानेसमेत सहभागी नभएको बिजमाण्डू संवाददाता प्रवीण रानाभाटले जनाएका छन्।

उपसभापतिमा सोविता गौतम र डा. तोसिमा कार्की, महामन्त्रीमा विपिन आचार्य, मनिष झा, सागर ढकाल र गणेश कार्की तथा सहमहामन्त्रीमा खुलातर्फ ११ र महिलातर्फ ५ उम्मेदवार आमनेसामने भएका छन्।