काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले एसआईपीमा आफ्नो वेबसाइट तथा मोबाइल बैंकिङ एपमार्फत आवेदन भर्न मिल्ने व्यवस्था गरेको छ।
बैंकले ‘सिटिजन्स सदाबहार योजना’मा ग्राहकले अब डिजिटल माध्यमबाट सहजरूपमा आवेदन भर्न सक्ने शुक्रबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
यो सुविधाले आवेदन प्रक्रियालाई सरल, छिटो तथा सुरक्षित बनाउनुका साथै ग्राहकलाई आफ्नो वित्तीय लक्ष्यअनुसार नियमित लगानी गर्न थप सहजता प्रदान गर्ने बैंकको विश्वास छ।