BIZMANDU
www.bizmandu.com

शुभ इन्टरनेसल हस्पिटालिटीको आइपीओ निष्कासन गर्न मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक

२०८३ असार १२

शुभ इन्टरनेसल हस्पिटालिटीको आइपीओ निष्कासन गर्न मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक
शुभ इन्टरनेसल हस्पिटालिटीको आइपीओ निष्कासन गर्न मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक

काठमाडौं। शुभ इन्टरनेसल हस्पिटालिटीले आइपीओ निष्कासनका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

Vigo
GBIME
Tata

कम्पनीले आफ्नो जारी पुँजीको २० प्रतिशत आइपीओ निष्कासन गर्न मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो। यस सम्बन्धमा दुई कम्पनीबीच शुक्रबार सम्झौता भएको छ।

सम्झौतापत्रमा शुभ इन्टरनेसनल हस्पिटालिटीका अध्यक्ष कविन श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्।

शुभ इन्टरनेसनल हस्पिटालिटीले विराटनगरमा अन्तर्राष्ट्रियस्तरको होटल सञ्चालन गर्दै आएको छ। कम्पनीले क्यासिनो पनि सञ्चालन गर्ने योजना रहेको बताएको छ।