BIZMANDU
www.bizmandu.com

बर्ड फ्लुका कारण सुनसान बनेको सदर चिडियाखाना, निराश भएर फर्किन्छन् अवलोकनकर्ता

२०८३ असार १२

बर्ड फ्लुका कारण सुनसान बनेको सदर चिडियाखाना, निराश भएर फर्किन्छन् अवलोकनकर्ता
बर्ड फ्लुका कारण सुनसान बनेको सदर चिडियाखाना, निराश भएर फर्किन्छन् अवलोकनकर्ता


ललितपुर। जावलाखेलस्थित सदर चिडियाखाना सुनसान बनेको छ। केही जीवजन्तुमा बर्ड फ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना अर्को सूचना प्रकाशित नभएसम्मका लागि बन्द गरिएको हो।

Vigo
GBIME
Tata

राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखाना परिसरभित्र रहेका केही जीवजन्तुमा बर्ड फ्लु संक्रमण देखिएको जानकारी दिएको छ। सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै चिडियाखाना अस्थायी रूपमा बन्द गर्ने निर्णय गरिएको हो।

परिवार र बालबालिकासहित जनावर अवलोकन गर्न पुगेका धेरै आगन्तुक भने गेटबाटै फर्किन बाध्य भए। चिडियाखाना बन्द रहेको सूचना देखेपछि कतिपय निराश मुद्रामा फर्किए।

हाल काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा कुखुरामा बर्ड फ्लु संक्रमण देखिएको छ। त्यसैको जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाइएको हो।

चिडियाखाना कहिलेदेखि पुनः संचालन हुनेछ भन्नेबारे सम्बन्धित निकायले अर्को सूचना जारी गरेपछि मात्रै टुंगो लाग्नेछ।