BIZMANDU
www.bizmandu.com

रास्वपाको महामन्त्रीमा ८ जना प्रतिस्पर्धामा, कविन्द्र बुर्लाकोटीले छोडे मैदान

२०८३ असार १२

रास्वपाको महामन्त्रीमा ८ जना प्रतिस्पर्धामा, कविन्द्र बुर्लाकोटीले छोडे मैदान
रास्वपाको महामन्त्रीमा ८ जना प्रतिस्पर्धामा, कविन्द्र बुर्लाकोटीले छोडे मैदान

काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी दोहोरिने दौडबाट पछि हटेका छन्।

Tata
GBIME
Nepal Life

उनले महामन्त्री पदमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्। यसअघि जगदीश खरेलले पनि उम्मेदवारी फिर्ता लिएका थिए।

निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावली अनुसार महामन्त्रीमा ८ जनाबीच प्रतिस्पर्धा हुने भएको छ।

महामन्त्रीमा अब प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिन कुमार आचार्यबीच प्रतिस्पर्धा हुने भएको हो। विपिन निवर्तमान सहमहामन्त्री हुन्।

यस्तै महिला उपसभापतिमा सोविता गौतम र डा. तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुनेछ।

सहमहामन्त्रीमा भने कसैले पनि उम्मेमदवारि फिर्ता लिएनन्। सहमहामन्त्री खुलातर्फ रमेश प्रसाइँ, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोक चौधरी, मिलन लिम्बु, पुकार बम, राजिव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्त तथा महिलातर्फको सहमहामन्त्रीमा जुली यादव, जमुना शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रीमा विश्वकर्माबीच प्रतिस्पर्धा हुने भएको छ। उपसभापति खुलातर्फ डा. स्वर्णिम वाग्ले निर्विरोध भइसकेका छन्।