काठमाडौं। लगातार तीन दिनको गिरावटपछि साताको अन्तिम दिन सुनको मूल्य बढेको छ। सुनको भाउ शुक्रबार तोलामा ८०० रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला २ लाख ७९ हजार १०० रुपैयाँ निर्धारण भएको छ। सुनको भाउ तीन दिनमा प्रति तोला १० हजार ७०० रुपैयाँ घटेको थियो।
चाँदीको मूल्य शुक्रबार तोलामा ५५ रुपैयाँ घटेको छ। असार ८ गते प्रति तोला ४ हजार ७३० रुपंैयाँ रहेको चाँदीको भाउ शुक्रबार ४ हजार १८० रुपैयाँमा आइपुगेको छ।
अन्तर्राष्ट्रिय बजारमा प्रति औंस सुनको मूल्य शुक्रवार ४००७.११ डलर र चाँदीको भाउ ५६.३ डलर छ।