BIZMANDU
www.bizmandu.com

बजारमा देखियो बर्डफ्लुको असर, कुखुराको मासुको खपत ३० प्रतिशतले घट्यो

२०८३ असार ११

बजारमा देखियो बर्डफ्लुको असर, कुखुराको मासुको खपत ३० प्रतिशतले घट्यो
बजारमा देखियो बर्डफ्लुको असर, कुखुराको मासुको खपत ३० प्रतिशतले घट्यो

काठमाडौं। बजारमा बर्डफ्लुको असर देखिन थालेको छ। बर्डुफ्लु फैलिने क्रम नरोकिएपछि बजारमा कुखुराको मासुको खपत घटेको छ।

Tata
GBIME
Nepal Life

राष्ट्रिय कुखुरा विक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बेल्वासेले बर्डफ्लुका कारण उपत्यकामा मासुको खपत ३० प्रतिशतले घटेको बताए।

सामान्य अवस्थामा उपत्यकामा मात्र दैनिक ३ लाख केजीभन्दा बढी कुखुराको मासु खपत हुने गरेकामा अहिले बर्डफ्लुका कारण बजार बिग्रिएको छ। अहिले विवाहको सिजन भए पनि माग बढ्न सकेको छैन।

खपत घटेपछि संघले जिउँदो कुखुरा र मासुको मूल्य घटाएको छ। ‘जिउँदो कुखुराको मूल्य प्रति केजी १० रुपैयाँ घटेर २७० रुपैयाँ आइपुगेको छ। तयारी मासुको मूल्य केजीमा १५ रुपैयाँ घटेर अहिले ४३५ रुपैयाँ कायम भएको छ,’ बेल्बासेले भने।

बर्डफ्लुका कारण पछिल्लो तीन महिनामा लेयर्स कुखुरा, ब्रोइलर कुखुरा र अन्य पशुपन्छी ५ लाखभन्दा बढीको संख्यामा नष्ट गरिएको छ।