BIZMANDU
www.bizmandu.com

मन्त्रिपरिषद्का विषयगत समिति दुई महिनामा दोस्रोपटक पुनर्गठन, प्रतिभा सबैभन्दा धेरै चार समितिमा

२०८३ असार ११

मन्त्रिपरिषद्का विषयगत समिति दुई महिनामा दोस्रोपटक पुनर्गठन, प्रतिभा सबैभन्दा धेरै चार समितिमा
मन्त्रिपरिषद्का विषयगत समिति दुई महिनामा दोस्रोपटक पुनर्गठन, प्रतिभा सबैभन्दा धेरै चार समितिमा

काठमाडौं। मन्त्रिपरिषद्का विषयगत समिति दुई महिनामा दोस्रोपटक पुनर्गठन गरिएको छ। मन्त्रिपरिषद् मातहत वैशाख २ गते विभिन्न ५ वटा समिति गठन गरिएकामा वैशाख १४ र असार ५ गते पुनर्गठन गरिएको हो।

Tata
GBIME
Nepal Life

५ मध्ये प्रधानमन्त्री बालेन्द्र बालेन्द्र शाह संयोजक रहेको राजनीतिक समिति ७ तथा बाँकी चार समिति ८/८ सदस्यीय हुन्।

राजनीतिक समितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ, कानुनमन्त्री सोविता गौतम र सामान्य प्रशासनमन्त्री प्रतिभा रावल सदस्य छन्।

प्रतिभा संयोजक रहेको प्रशासन समितिमा स्वर्णिम, शिशिर र सोविताका अलावा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, महिलामन्त्री सीता वादी, सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र उद्योगमन्त्री गौरी कुमारीलाई राखिएको छ।

गृहमन्त्री सुधन संयोजक रहेको सामाजिक समितिमा सीता, प्रतिभासँगै नवप्रवर्तनमन्त्री महावीर पुन, स्वास्थ्यमन्त्री निशा मेहता, शिक्षामन्त्री सस्मित पोखरेल, कृषिमन्त्री गीता चौधरी र श्रममन्त्री रामजी यादव सदस्य छन्।

आर्थिक तथा पूर्वाधार समितिको संयोजक स्वर्णिम छन्। यो समितिमा विराजभक्त, सुनिल, महावीर, विक्रम, गीता, गौरी कुमारी र पर्यटनमन्त्री खडकराज पौडेल सदस्य छन्।

सोविता संयोजक रहेको विधेयक समितिमा शिशिर, विराजभक्त, सुधन, प्रतिभा, सस्मित, खडकराज र रामजीलाई राखिएको छ।