BIZMANDU
www.bizmandu.com

डेरी उद्योग संघमा निरञ्जन श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन, कार्यसमितिमा को-को आए?

२०८३ असार ११

डेरी उद्योग संघमा निरञ्जन श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन, कार्यसमितिमा को-को आए?
डेरी उद्योग संघमा निरञ्जन श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन, कार्यसमितिमा को-को आए?

काठमाडौं। दुग्ध प्रशोधन उद्योगहरुको छाता संस्था डेरी उद्योग संघमा निरञ्जन श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ।

Tata
GBIME
Nepal Life

संघको १७औं वार्षिक साधारण सभाले पोखराको सुजल डेरीका संचालक निरञ्जनको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ।

आधुनिक डेरीका विश्वराज बस्नेत उपाध्यक्ष, जय श्री कृष्ण डेरीका सुरज सापकोटा महासचिव र संयुक्त डेरी फुडका कुल प्रसाद घिमिरे कोषाध्यक्ष चयन भएका छन्।

यस्तै देवरथ बराल, जेनन सैंजु, माधव दाहाल, रामचन्द्र उप्रेती, पुष्पराज बस्नेत र शिव प्रसाद त्यात कार्यसमिति सदस्यमा निर्वाचित भएका छन्।