BIZMANDU
www.bizmandu.com

रास्वपाको महाधिवेशनमा गाईजात्राको असर मतदानमा, एक तिहाइले भोट नै हालेनन्

२०८३ असार ११

रास्वपाको महाधिवेशनमा गाईजात्राको असर मतदानमा, एक तिहाइले भोट नै हालेनन्
रास्वपाको महाधिवेशनमा गाईजात्राको असर मतदानमा, एक तिहाइले भोट नै हालेनन्

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा करिब एक तिहाइ प्रतिनिधिले मतदान बहिष्कार गरेका छन्।

Tata
GBIME
Nepal Life

पूर्वनिर्धारित तालिका अनुसार बन्दसत्र र निर्वाचन प्रक्रिया अगाडि नबढेपछि ३१.३१ प्रतिशत प्रतिनिधिले मतदान बहिष्कार गरेका हुन्।

महाधिवेशनमा ४ हजार ३११ प्रतिनिधि रहेकामा तीमध्ये २९५९ जनाले मात्र केन्द्रीय सदस्य चयनका लागि मतदान गरेका छन्। केन्द्रीय सदस्यका लागि ३८४ जना प्रतिस्पर्धामा छन्।

महाधिवेशनमा उम्मेदवारको सूची सार्वजनिक गरिएपछि मात्र प्रतिनिधिको नामावली प्रकाशन गरिएको थियो। जबकि प्रतिनिधि यकिन नभइ उम्मेदवारी दर्ता गराउनै मिल्दैन।

यही गाईजात्राका कारण महाधिवेशन प्रतिनिधिहरुले मतदानमा सहभागी नभइ चितवन छोडेका हुन्। पदाधिकारी चयनका लागि त मत अझै कम खस्नेछ।

केन्द्रीय सदस्यमा मत खसालेकाहरुले पनि धमाधम महाधिवेशनबाट हिंड्न थालेका छन्। पदाधिकारी चयनका निर्वाचन प्रक्रिया सुरु हुनै बाँकी छ। त्यसका लागि केन्द्रीय सदस्यको निर्वाचन परिणाम आउनुपर्छ।

पदाधिकारीमा केन्द्रीय सदस्य जित्नेहरुले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन्। रास्वपाको असार ७ गते सुरु भएको पहिलो महाधिवेशन ९ गते सक्ने तालिका थियो।

महाधिवेशन लम्बिंदा मन्त्रीहरु पनि चितवनमा अड्किएका छन्। ९ जना मन्त्री केन्द्रीय सदस्यको उम्मेदवार छन्। तीमध्ये कतिपय पदाधिकारीका आकांक्षी छन्।