BIZMANDU
www.bizmandu.com

सुनचाँदीको मूल्यमा गिरावट : सुन तोलामा ५ हजार २०० र चाँदी २५० रुपैयाँ सस्तियो

२०८३ असार ११

सुनचाँदीको मूल्यमा गिरावट : सुन तोलामा ५ हजार २०० र चाँदी २५० रुपैयाँ सस्तियो
सुनचाँदीको मूल्यमा गिरावट : सुन तोलामा ५ हजार २०० र चाँदी २५० रुपैयाँ सस्तियो

काठमाडौं। सुनचाँदीको मूल्य लगातार घट्न थालेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा ५ हजार २ सय रुपैयाँले घटेको हो।

Tata
GBIME
Nepal Life

बिहीबारका लागि सुनको कारोबार मूल्य प्रति तोला २ लाख ७८ हजार ३ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार सुन तोलामा ३ हजार ६ सय रुपैयाँले घटेर प्रति तोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा २५० रुपैयाँले घटेर प्रति तोला ४ हजार २ सय ३५ रुपैयाँमा आइपुगेको छ। बुधबार चाँदी प्रति तोला ४ हजार ४८५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ३ हजार ९८७.२३ डलरमा आइपुगेको छ। चाँदी प्रति औंस ५७.२३ डलर छ। बुधबार सुन प्रति औंस ४१२४.८४ डलर र चाँदी प्रति औंस ६२.५९ डलर थियो।