BIZMANDU
www.bizmandu.com

सवारी साधन सीमाभन्दा बढी गतिमा चलाउँदा ५० हजारसम्म जरिवाना, कम गर्दा पनि तिर्नुपर्ने

२०८३ असार ११

सवारी साधन सीमाभन्दा बढी गतिमा चलाउँदा ५० हजारसम्म जरिवाना, कम गर्दा पनि तिर्नुपर्ने
सवारी साधन सीमाभन्दा बढी गतिमा चलाउँदा ५० हजारसम्म जरिवाना, कम गर्दा पनि तिर्नुपर्ने


काठमाडौं। सरकारले सवारीसाधनको गति नियन्त्रणका लागि भन्दै ५० हजारसम्म जरिवाना प्रस्ताव गरेको छ।

Vigo
GBIME
Tata

पूर्वाधार विकास मन्त्रालयले सवारी तथा यातायात व्यवस्था विधेयकको मस्यौदामा सीमाभन्दा बढी गतिमा सवारीसाधन चलाउँदा ५० हजारसम्म जरिवाना लाग्ने प्रस्ताव गरेको हो।

मस्यौदामा भनिएको छ- ‘सवारी साधनका लागि निर्धारण गरिएको सुरक्षित गति सीमाभन्दा बढी गतिमा सवारी साधन चलाएमा दुई वा तीन पाङ्ग्रे सवारी साधनको हकमा २५ हजार रुपैयाँ, साना सवारी साधनको हकमा ३५ हजार रुपैयाँ र मझौला तथा ठूला सवारी साधनको हकमा ५० हजार रुपैयाँ प्रस्ताव गरिएको छ।’

सीमा नाघेर सवारीसाधन चलाउँदा हाल १ हजार रुपैयाँ जरिवाना हुने व्यवस्था छ।

मस्यौदा अनुसार निर्धारण गरिएको गति सीमाभन्दा पाँच प्रतिशत बढीसम्म जरिवाना हुँदैन। सीमाभन्दा २० प्रतिशतसम्म बढी भएमा बीस प्रतिशत, २०-४० प्रतिशतसम्म ४० प्रतिशत, ४०-६० प्रतिशतसम्म ६० प्रतिशत र ६० प्रतिशतभन्दा बढी भएकोमा सतप्रतिशत जरिवाना हुने प्रस्ताव छ।

सीमाभन्दा कम गतिमा सवारी साधन चलाए पनि ३ देखि ५ हजार रुपैयाँसम्म जरिवाना लाग्ने मस्यौदामा उल्लेख छ।