BIZMANDU
www.bizmandu.com

पुनरागमन जितले मोरोक्को उपविजेता बन्दै नकआउटमा, समान अंक भएको ब्राजिल समूह विजेता

२०८३ असार ११

पुनरागमन जितले मोरोक्को उपविजेता बन्दै नकआउटमा, समान अंक भएको ब्राजिल समूह विजेता
Photo: Mike Stewart/AP

काठमाडौं। मोरोक्कोले हाइटीमाथि सानदार पुनरागमन जित निकालेको छ। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’को अन्तिम खेलमा मोरोक्कोले हाइटीलाई ४-२ ले पराजित गर्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो।

Tata
GBIME
Nepal Life

अटलान्टा स्टेडियममा भएको खेलमा हाइटीले दुईपटक अग्रता लिए पनि मोरक्कोले उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको छ।

खेलको १०औँ मिनेटमा लेनी जोसेफको प्रयासबाट आएको बल मोरक्कोका गोलरक्षक यासिन बोनोबाट आत्मघाती गोल भएपछि हैटीले १-० को अग्रता लियो। तर, ३९औँ मिनेटमा कप्तान अचरफ हाकिमीले बराबरी गोल फर्काए।

४३औँ मिनेटमा विल्सन इसिडोरले बक्सबाहिरबाट गरेको शानदार प्रहार सिधै माथिल्लो कुनामा जाँदा हाइटीले फेरि अग्रता बनायो। तर, त्यसको दुई मिनेट नबित्दै इस्माइल साइबारीले गोल गर्दै पहिलो हाफ २-२ को बराबरीमा समाप्त गराए।

दोस्रो हाफमा मोरक्कोले लगातार दबाब बनायो र ७८औँ मिनेटमा सब्सिच्युड खेलाडी सौफियान रहिमीले गोल गर्दै पहिलोपटक टोलीलाई अग्रता दिलाए। त्यसपछि इन्जुरी समयमा रहिमीको पासमा गेसिम यासिनले खाली पोस्टमा गोल गर्दै मोरक्कोको जित सुनिश्चित गरे।

यस नतिजासँगै मोरक्को समूह ‘सी’मा दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ। मोरोक्कोले ३ खेलबाट ७ अंक बनाउँदा समान अंक बनाएको छ। आजै स्कटल्याण्डलाई ३-० गोलले हराएको ब्राजिलले पनि समान अंक बनाए पनि गोलअन्तरमा अघि रहँदै समूह विजेता बनेको छ।

हाइटी भने लगातार ३ हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ। स्कटल्याण्डले ३ अंक बनाउँदै तेस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको टोलीमध्ये उत्कृष्ट बनेर नकाउट पुग्ने उसको सम्भावना भने कमजोर छ।