चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महाधिवेशनमा नौ जना मन्त्री चुनावी मैदानमा होमिएका छन्। विभिन्न ९ मन्त्री केन्द्रीय सदस्यका लागि चुनावमा होमिएका हुन्।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले गण्डकी प्रदेश खुलातर्फ प्रतिस्पर्धामा छन्। परराष्ट्रमन्त्री शिशिर खनाल र शिक्षामन्त्री सस्मित पोखरेल खुलातर्फ उम्मेदवार हुन्।
यस्तै ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बागमती प्रदेश खुलातर्फ र कानुनमन्त्री सोविता गौतमले बागमती प्रदेशबाट उम्मेदवारी दिएका हुन्।

महिलामन्त्री सीता वादी कर्णाली भूगोलतर्फ, स्वास्थ्यमन्त्री निशा मेहता कोशी भूगोलतर्फ, कृषिमन्त्री गीता चौधरी सुदूरपश्चिम खुलातर्फ र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव खुला मधेशी समूहबाट चुनावी मैदानमा उत्रिएका छन्।
९९ जना केन्द्रीय सदस्यका लागि विभिन्न क्लस्टरबाट ३८४ जना प्रतिस्पर्धामा छन्।