BIZMANDU
www.bizmandu.com

सीजी मोटर्स व्यापार बढाउन मेलातिर, ‘महामेला एक्सचेन्ज कार्निभल’काठमाडौंपछि पोखरामा

२०८३ असार १०

सीजी मोटर्स व्यापार बढाउन मेलातिर, ‘महामेला एक्सचेन्ज कार्निभल’काठमाडौंपछि पोखरामा
सीजी मोटर्स व्यापार बढाउन मेलातिर, ‘महामेला एक्सचेन्ज कार्निभल’काठमाडौंपछि पोखरामा

काठमाडौं। सीजी मोटर्सले काठमाडौंपछि पोखरामा ‘महामेला एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले विद्युतीय सवारीसाधनको पहुँच विस्तार गर्ने भन्दै बुधबारदेखि पोखराको अमरसिंह मैदानमा ‘महामेला एक्सचेन्ज कार्निभल’ गरेको हो। कार्यक्रम असार १५ गतेसम्म सञ्चालन हुनेछ।

कार्निभलमा ग्राहकले एकै स्थानमा विभिन्न प्रिमियम ईभी ब्रान्ड तथा अत्याधुनिक प्रविधियुक्त सवारी साधन अवलोकन गर्न पाउनेछन्। सीजी मोटर्सले कार्निभलमा जीएसी आयन, रिडारा तथा दायुनका लोकप्रिय विद्युतीय मोडल प्रदर्शनीमा राखेको छ।

ग्राहकले मेलामा राखिएका ब्रान्डमा विशेष नगद छुट, आकर्षक एक्सचेन्ज सुविधा, सवारी मूल्यांकनमा विशेष लाभ पाउने कम्पनीले जनाएको छ।

मेलामा ग्राहकले विभिन्न ईभी ब्रान्डको विशेषता, प्रविधि तथा सुविधाबारे प्रत्यक्ष जानकारी लिनुका साथै टेस्ट ड्राइभको अनुभव समेत प्राप्त गर्न सक्नेछन्।