BIZMANDU
www.bizmandu.com

महाधिवेशन लम्बिंदा रास्वपालाई थपियो आर्थिक भार, पदाधिकारीको निर्वाचन बिहीबार

२०८३ असार १०

महाधिवेशन लम्बिंदा रास्वपालाई थपियो आर्थिक भार, पदाधिकारीको निर्वाचन बिहीबार
महाधिवेशन लम्बिंदा रास्वपालाई थपियो आर्थिक भार, पदाधिकारीको निर्वाचन बिहीबार

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन बिहीबारसम्मका लागि तन्किएको छ। प्रतिनिधिको विवाद टुंग्याउन भएको विवाद समाधान हुन नसकेर तालिका अनुसार मतदान सुरु नहुँदा महाधिवेशन बिहीबारसम्मका लागि तन्किएको हो।

Tata
GBIME
Nepal Life

पदाधिकारीको निर्वाचन प्रक्रिया बिहीबार बिहान ९ बजेपछि अगाडि बढाउने तयारी गरिएको छ। ९९ जना केन्द्रीय सदस्य चयनका लागि भने बुधबार राति ८:३० बाट मतदान गर्ने तालिका सार्वजनिक गरिएको छ। मतदान ४ घण्टामा सकिने रास्वपाका नेताहरुको अनुमान छ।

निर्वाचन आयोगले बल्ल उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। उम्मेदवारविरुद्ध दाबी विरोधका लागि ५ बजेसम्मको समय तोकिएको छ। उम्मेदवारको अन्तिम नामावली ६:३० बजे प्रकाशन गर्ने नयाँ तालिका छ।

केन्द्रीय सदस्य चयनपछि मात्र पदाधिकारीको निर्वाचन गरिनेछ। सभापतिमा भने रवि लामिछाने निर्विरोध भइसकेका छन्।

महाधिवेशन मंगलबार नै सक्ने तालिका रहेकामा प्रतिनिधिको विवाद नसल्टिएर लम्बिंदा रास्वपालाई दैनिक ६० लाख रुपैयाँभन्दा बढीको भार परेको छ। रास्वपाको महाधिवेशनमा ४ हजारभन्दा बढी प्रतिनिधि छन्।

उनीहरुलाई खाने बस्ने व्यवस्था पार्टीले गरेको छ। यसका लागि महाधिवेशन प्रतिनिधिसँग ५ हजारका दरले पैसा उठाइएको थियो।