BIZMANDU
www.bizmandu.com

वीरगंज महानगरले ल्यायो ४.४२ अर्बको बजेट, २ अर्ब पुँजीगतमा विनियोजन

२०८३ असार १०

वीरगंज महानगरले ल्यायो ४.४२ अर्बको बजेट, २ अर्ब पुँजीगतमा विनियोजन
वीरगंज महानगरले ल्यायो ४.४२ अर्बको बजेट, २ अर्ब पुँजीगतमा विनियोजन

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वीरगंज महानगरपालिकाले ४ अर्ब ४२ करोड ३४ लाखको बजेट ल्याएको छ।

Tata
GBIME
Nepal Life

बुधबार बसेको नगरसभामा कार्यपालिका सदस्य जगत साह कानुले बजेट प्रस्तुत गरेका हुन्। कुल बजेटमा चालुतर्फ २ अर्ब ४० करोड ३४ लाख अर्थात् ५४.३ प्रतिशत विनियोजन गरिएको छ।

पुँजीगततर्फ १ अर्ब ९७ करोड अर्थात् कुल बजेटको ४४.६ प्रतिशत छुट्याइएको छ। वित्तीय व्यवस्थापनतर्फ ५ करोड अर्थात् १.१ प्रतिशत विनियोजन गरिएको छ।

यसको स्रोतका रुपमा अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९८ करोड, आन्तरिक राजश्वबाट १ अर्ब ४८ करोड, संघीय राजश्व बाँडफाँटबाट २४ करोड ६८ लाख प्राप्त हुने जनाइएको छ।

प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड २८ हजार, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख, घरजग्गा रजिष्ट्रेशनबाट ४५ करोड र चालु वर्षको नगद मौज्दातबाट ४ करोड ६९ लाख तथा नगर विकास कोषबाट १५ करोड बेहोरिने बजेटमा उल्लेख छ।

चालु आर्थिक वर्षका लागि भने वीरगंजले ३ अर्ब २२ करोड ४८ लाख रुपैयाँको बजेट ल्याएको थियो।