काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन लम्बिएको साइड इफेक्ट प्रतिनिधि सभामा परेको छ। सभामुख डीपी अर्यालले प्रतिनिधि सभाको बैठक एक दिन पछाडि धेकेलेका छन्।
यसअघि असार ११ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको बैठक सभामुखले शुक्रबार अपराह्न १ बजेसम्मका लागि धकेलेका हुन्। प्रतिनिधि सभाको बैठक यसअघि असार ५ गते बसेको थियो।
रास्वपाको महाधिवेशन असार ७ देखि ९ गतेसम्मका लागि तय भएकामा अझै सकिएको छैन।