काठमाडौं। सेयर बजार निरन्तर घटेको छ। नेप्से परिसूचक बुधबार १४.४५ अंक घटेर २६६०.०२ विन्दुमा आएको छ। कारोबारमा आएका फाइनान्स र व्यापार बाहेकका उपसमूहले बजार घटाएका हुन्।
नेप्से सूचक यसअघि मंगलबार २६.१६ अंकले घटेको थियो। बजार लगातार ओरालो लागेर ४ महिनाअघिको विन्दुमा पुगेको छ। सूचक यसअघि फागुन १४ गते २६५४ अंकमा थियो। फागुन २१ गतेको निर्वाचनपछि चैत दोस्रो सातासम्म बुलिस बनेको बजार त्यसयता घटिरहेको छ।
बजारमा बुधबार ४ अर्ब ४१ करोड ८६ करोड रुपैयाँको सेयर किनबेच भएको छ। आँखु खोला जलविद्युत कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै २९ करोड ६२ लाख रुपैयाँको सेयर किनबेच भएको छ। यस्तै, सोपान फर्मास्युटिकल्सको १७ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
बजारमा ६२ कम्पनीको सेयर मूल्य बढेको छ। दुई कम्पनीमा पोजेटिभ सर्किट लागेको छ। टक्सार पिखुवा खोला र याम्बालिङ हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो।
सेयर मूल्य घटेका बजारमा २०२ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। सोपान फर्मास्युटिकल्सको सेयर मूल्य सबैभन्दा धेरै ५.०५ प्रतिशतले घटेको छ। १० कम्पनीको सेयरमूल्य स्थिर रह्यो।