BIZMANDU
www.bizmandu.com

सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले घट्यो, चाँदी पनि १०० रुपैयाँ सस्तियो

२०८३ असार १०

सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले घट्यो, चाँदी पनि १०० रुपैयाँ सस्तियो
सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले घट्यो, चाँदी पनि १०० रुपैयाँ सस्तियो

काठमाडौं। सुनको मूल्य पुनः घटेको छ। अघिल्लो दिनको तुलनामा सुन तोलामा ३ हजार ६ सय रुपैयाँले घटेको हो।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ८३ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

मंगलबार सुन तोलामा १ हजार ६ सय रुपैयाँले घट्दै प्रति तोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार सुनको मूल्य प्रति तोला २ लाख ८८ हजार ७ सय रुपैयाँ थियो।

चाँदीको मूल्य बुधबार तोलामा १०५ रुपैयाँले घटेर प्रति तोला ४ हजार ४८५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रति तोला ४ हजार ५ सय ९० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दै प्रति औंस ४०६४.९२ डलरमा आइपुगेको छ। चाँदी प्रति औंस ६१.०९ डलर छ।

मंगलबार सुन प्रति औंस ४१२४.८४ डलर र चाँदी प्रति औंस ६२.५९ डलर थियो।