BIZMANDU
www.bizmandu.com

क्रोएसियाविरुद्ध देखिएको इंग्ल्यान्डको गति घानाविरुद्ध फितलो, बराबरीमा रोकियो खेल

२०८३ असार १०

क्रोएसियाविरुद्ध देखिएको इंग्ल्यान्डको गति घानाविरुद्ध फितलो, बराबरीमा रोकियो खेल
FOXBOROUGH, MASSACHUSETTS - JUNE 23: Harry Kane #9 of England warms up before the FIFA World Cup 2026 Group L match between England and Ghana at Boston Stadium on June 23, 2026 in Foxborough, Massachusetts. (Photo by Maddie Meyer - FIFA/FIFA via Getty Images)

काठमाडौं। इङ्ग्ल्याण्ड र घाना बराबरीमा रोकिएका छन्। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’को खेलमा घानाले उपाधि दाबेदार इंग्ल्यान्डलाई गोलरहित बराबरीमा रोक्दै महत्त्वपूर्ण एक अंक बटुलेको छ। बोस्टन स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा इंग्ल्यान्डले अधिकांश समय बल नियन्त्रणमा राखे पनि घानाको बलियो डिफेन्स तोड्न सकेन।

Tata
GBIME
Nepal Life

पहिलो खेलमा क्रोएसियामाथि ४-२ को रोमाञ्चक जित निकालेको इंग्ल्यान्डले यस खेलमा पनि सुरुदेखि नै दबाब बनाएको थियो। तर, घानाले रक्षात्मक रणनीति अपनाउँदै इंग्लिस आक्रमणलाई निरन्तर रोकिरह्यो। पहिलो हाफमा इंग्ल्यान्डले बलमाथि पूर्ण नियन्त्रण कायम गरे पनि कुनै पनि स्पष्ट अवसर सिर्जना गर्न सकेन।

दोस्रो हाफमा प्रशिक्षक थोमस टुचेलले बुकाायो साका, मार्कस रासफोर्ड, एबेरेची एजे र निको ओरेइलीलाई मैदानमा उतार्दै आक्रमण धारिलो बनाउने प्रयास गरे। त्यसपछि इंग्ल्यान्डले केही उत्कृष्ट अवसर सिर्जना गर्‍यो।

८६औं मिनेटमा ओरेइलीको हेडर क्रसबारमा लागेर फर्किएको थियो। त्यसैक्रममा ह्यारी केनले रिबाउन्डमा पाएको सुनौलो अवसर पनि सदुपयोग गर्न सकेनन्। सोही मिनेटमा साकाको शक्तिशाली प्रहारलाई घानाका

बराबरीसँगै घाना दुई खेलबाट चार अंक जोड्दै समूहको शीर्ष दुईभित्र रह्यो र अन्तिम ३२ मा पुग्ने सम्भावना बलियो बनायो। इंग्ल्यान्ड पनि चार अंकमै रहे पनि प्रदर्शनले भने केही प्रश्न खडा गरेको छ।

अब समूह चरणको अन्तिम खेलमा घानाले क्रोएसियाको सामना गर्नेछ भने इंग्ल्यान्डले पानामासँग प्रतिस्पर्धा गर्नेछ।