काठमाडौं। गृहमन्त्री सुधन गुरुङको ब्रेकफास्टमा अखाद्य पदार्थ भेटिएपछि चितवको एक होटललाई स्थानीय प्रशासनले तीन लाख रुपैयाँ जरिवाना गरेको छ।
भरतपुर महानगरपालिका १० स्थित लर्ड बिजनेश कम्प्लेक्स होटल प्रालिको गुणस्तर अनुगमनपछि निरीक्षण टोलीले जरिवाना गरेको हो। उक्त होटलमा गृहमन्त्री गुरुङले अम्लेट खाने क्रममा माछाको काँडा भेटिएको थियो।
सहायक प्रमुख जिल्ला अधिकारीसहितको निरीक्षण टोलीले गुणस्तरहीन खाने तेलको प्रयोग गरेको, तरकारीको ताजापनमा ध्यान दिएको नपाइएको भन्दै जरिवाना गरेको हो।
होटलले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६(२) को कसुर गरेको भन्दै होटललाई तीन लाख रुपैयाँ जरिवाना गरिएको हो।