BIZMANDU
www.bizmandu.com

रवि लामिछानेले दिए रास्वपा सभापतिमा उम्मेदवारी, बालेन शाह बने प्रस्तावक

२०८३ असार ९

रवि लामिछानेले दिए रास्वपा सभापतिमा उम्मेदवारी, बालेन शाह बने प्रस्तावक
रवि लामिछानेले दिए रास्वपा सभापतिमा उम्मेदवारी, बालेन शाह बने प्रस्तावक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिका लागि रवि लामिछानेले मनोनयन दर्ता गरेका छन्। लामिछाने हाल सभापति छन्। नेतृत्वमा दोस्रो कार्यकालका लागि लामिछानेले मनोनयन दर्ता गरेका हुन्।

Tata
GBIME
Nepal Life

चितवनमा जारी प्रथम महाधिवेशनको बन्दसत्रमा लामिछानेले मनोनयन दर्ता गरेका हुन्। लामिछानेको प्रस्तावकमा वरिष्ठ नेता बालेन्द्र शाह छन्।

महाधिवेशन प्रतिनिधि निक्र्योल नहुँदा रास्वपाको बन्दसत्र एक दिन ढिला गरेर सुरु भएको हो। बन्दसत्र सुरु भए पनि प्रतिनिधिको टुंगो भने लागिसकेको छैन।