BIZMANDU
www.bizmandu.com

बैंकिङ कसूर मुद्दामा ८.५० करोड जरिबानाको सजाय सुनाइएकी सविता, १२ वर्षपछि पक्राउ

२०८३ असार ९

बैंकिङ कसूर मुद्दामा ८.५० करोड जरिबानाको सजाय सुनाइएकी सविता, १२ वर्षपछि पक्राउ
बैंकिङ कसूर मुद्दामा ८.५० करोड जरिबानाको सजाय सुनाइएकी सविता, १२ वर्षपछि पक्राउ

काठमाडौं। बैंकिङ कसुर मुद्दाकी फरार एक प्रतिवादी १२ वर्षपछि पक्राउ परेकी छन्।

Tata
GBIME
Nepal Life

८ करोड ५० लाख जरिबाना र ३ वर्ष कैद सजाय सुनाइएकी चारित्रिक विल्डर्सकी सञ्चालक सविता कार्कीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले मंगलबार काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ गरेको हो।

हाउजिङ तथा निर्माण कार्य गर्ने भनी कृत्रिम परियोजना खडा गरेर क्यापिटल मर्चेन्ट बैंकिङ तथा फाइनान्सका पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारी कर्जा लिएर दुरुपयोग गरेको मुद्दामा तत्कालीन पुनरावेदन अदालत पाटनले २०७१ वैशाख २९ गते कार्कीलाई ३ वर्ष कैद र ८ करोड ५० लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

कार्की भने फरार भएकी थिइन्। सीआइबीले कार्कीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरेको छ।