BIZMANDU
www.bizmandu.com

पूर्व अर्थमन्त्री विष्णु पौडेललाई एक साता हिरासतमा राख्न विशेषको अनुमति

२०८३ असार ९

पूर्व अर्थमन्त्री विष्णु पौडेललाई एक साता हिरासतमा राख्न विशेषको अनुमति
पूर्व अर्थमन्त्री विष्णु पौडेललाई एक साता हिरासतमा राख्न विशेषको अनुमति

काठमाडौं। पूर्वअर्थमन्त्री विष्णु पौडेललाई एक साता हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिइएको छ।

Tata
GBIME
Nepal Life

मंगलबार विशेष अदालतमा हाजिर गराइएका पौडेललाई एक साता हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिइएको हो।

अदालतका सदस्यहरु नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलास यो आदेश दिएको हो। मंगलबार आधा दर्जन भन्दाबढी वरिष्ठ अधिवक्ताहरुले बहस गरेका थिए। सम्पति शुद्धीकरण विभागको पत्रको आधारमा सोमबार पौडेललाई सुर्खेतबाट पक्राउ गरिएको थियो। उनलाई सोमबार राति नै माइक्रोबसमा राखेर काठमाडौं रातारात ल्याइएको थियो।

विवादास्पद व्यापारी दीपक भट्टसँग कारोबार देखिएपछि विभागले पौडेललाई बयानका लागि बोलाएको थियो। तर अटेर गरेपछि विभागले प्रहरीलाई पत्राचार गरेर पौडेललाई सुर्खेतबाट पक्राउ गरिएको हो।

पक्राउ परेपछि नेकपा एमालले विरोधमा संसदमा प्रतिवाद गर्ने निर्णय गरेको छ।