BIZMANDU
www.bizmandu.com

पार्टीभित्रको गुटबन्दीबारे बन्दसत्रमा रविले भने : गलत कुराको एउटा बीउ पनि नरोपियोस्

२०८३ असार ९

पार्टीभित्रको गुटबन्दीबारे बन्दसत्रमा रविले भने : गलत कुराको एउटा बीउ पनि नरोपियोस्
पार्टीभित्रको गुटबन्दीबारे बन्दसत्रमा रविले भने : गलत कुराको एउटा बीउ पनि नरोपियोस्

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीलाई बलियो बनाउन योगदानको खाँचो रहेको बताएका छन्।

Tata
GBIME
Nepal Life

आज चितवनमा महाधिवेशनको बन्दसत्र उद्घाटन गर्दै उनले विषम विषम परिस्थितिमा दल स्थापित भएको भन्दै भने, ‘हामीसँग दुई बाटो छ। महिमा ज्ञान गाउने कि परिणाममा बदल्ने। परिणाममा बदल्ने हो भने केहि न केहि योगदान गर्नै पर्छ।’

उनले अघिल्लो पुस्ताका राजनीति एकदम कठिन रहेको भन्दै सबैप्रति सम्मान रहने बताए। तर, रास्वपामा पनि उस्तै राजनीतिक चरित्र उस्तै रहयो र झन् शक्तिशाली बन्न गुट उपगुट उस्तै रहयो भने परिणाम पनि उस्तै हुने उनल बताए।

‘महाधिवेशन प्रतिनिधि बन्नु भनेको आफ्नो इमान बन्धकी राखेको होइन। कसैले गलत तरिकाले यो हल भित्र ल्याउने काम गरेको छ भने हामी गलत बाटोमा छौं,’ उनले पार्टी भित्र देखिएको असन्तुष्टीप्रति इंगित गर्दै भने।

उनले रास्वपालाई दुर्घटनाबाट जोगाउने जिम्मा आफूहरुको भएको भन्दै भोट सक्षम साथीलाई दिन आह्वान गरे।

‘जसलाई के लागे पनि राजनीतिक चरित्र शैली अनुसार केन्द्रीय समिति विवेकशील तरिकाले छान्नु पर्छ। गलत कुराको एउटा बीउ पनि नरोपियोस। संसदलाई दिने नदिनेबारे केहि निर्णय औपचारिक रुपमा भएको छैन। कसलाई भोट दिने नदिने जिम्मा तपाईंको हो,’ उनले भने।

उनले खुट्टा तान्ने काम गर्न र राजनीतिमा हात दिएर सहयोग गर्न आह्वान पनि गरे।