BIZMANDU
www.bizmandu.com

नेपाल मेडिसिटी अस्पताल र सिङहेल्थ सिंगापुरबीच गुणस्तरीय स्वास्थ्य सेवा तथा बिरामी सुरक्षामा सहकार्य

२०८३ असार ९

नेपाल मेडिसिटी अस्पताल र सिङहेल्थ सिंगापुरबीच गुणस्तरीय स्वास्थ्य सेवा तथा बिरामी सुरक्षामा सहकार्य
नेपाल मेडिसिटी अस्पताल र सिङहेल्थ सिंगापुरबीच गुणस्तरीय स्वास्थ्य सेवा तथा बिरामी सुरक्षामा सहकार्य

काठमाडौं। नेपाल मेडिसिटी अस्पताल र सिंगापुरको सिङहेल्थबीच स्वास्थ्य सेवाको गुणस्तर, बिरामी सुरक्षा तथाअन्तर्राष्ट्रिय मान्यता सुदृढ बनाउने उदेश्यसहित समझदारी भएको छ।

Tata
GBIME
Nepal Life

सिंगापुरमा आयोजित कार्यक्रममा नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अमित तोमर र सिङहेल्थका ग्रुप डाइरेक्टर (इन्टरनेशनल कोलाबोरेशन) प्रोफेसर लन्डन लुसियनओईले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

सम्झौता हस्ताक्षर कार्यक्रममा सिङहेल्थकी निर्देशक (इन्टरनेशनल कोलाबोरेशन) विजया राव, इन्टरनेशनल कोलाबोरेशन अफिसकी आइरिन एङ तथा नेपाल मेडिसिटी अस्पतालका बिजनेस डेभलप्मेन्ट, ब्रान्डिङ तथा मार्केटिङका एभिपि तेन्जिङ कुन्सेल बज्राचार्यको पनि उपस्थिति रहेको थियो।

यस सहकार्यअन्तर्गत स्वास्थ्य सेवा गुणस्तर व्यवस्थापन, बिरामी सुरक्षा, अन्तर्राष्ट्रिय मापदण्डहरूको कार्यान्वयन तथा स्वास्थ्य संस्थाको मान्यतासम्बन्धी तयारीका विषयमा ज्ञान, अनुभव र उत्कृष्ट अभ्यासहरूको आदान प्रदान गरिने जनाइएको छ। साथै आवश्यकता अनुसार संचालन प्रक्रिया, प्रोटोकल तथा अन्य प्राविधिक सामग्रीहरू साझेदारी गरिने जनाइएको छ।

सहकार्यले अस्पतालको गुणस्तर सुधार तथा बिरामी सुरक्षा सम्बन्धी प्रयासलाई थप बलियो बनाउनुका साथै अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट अभ्यासहरू अवलम्बन गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

नेपाल मेडिसिटीका सिइओ डा. अमित तोमरका अनुसार यस साझेदारीले नेपालको स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा प्रवर्धन, बिरामीको उपचार अनुभव सुधार तथा स्वास्थ्य सेवा प्रति जनविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।