BIZMANDU
www.bizmandu.com

सुनचाँदीको मूल्य घट्यो, सुन प्रति तोला १६ सय रुपैयाँले घट्यो, चाँदीमा घटबढ कति?

२०८३ असार ९

सुनचाँदीको मूल्य घट्यो, सुन प्रति तोला १६ सय रुपैयाँले घट्यो, चाँदीमा घटबढ कति?
सुनचाँदीको मूल्य घट्यो, सुन प्रति तोला १६ सय रुपैयाँले घट्यो, चाँदीमा घटबढ कति?


काठमाडौं। बढ्न थालेको सुनको मूल्य पुन: घटेको छ। अघिल्लो दिनको तुलनामा मंगलबार सुन तोलामा १ हजार ६ सय रुपैयाँ घटेको छ।

GBIME
Tata

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ८७ हजार १०० रुपैयाँ निर्धारण भएको छ।

सोमबार प्रति तोला २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। साताको पहिलो दिनका तुलनामा सोमबार सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेर कारोबार मूल्य कायम भएको थियो। त्यसअघि गत शुक्रबारका तुलनामा ६ सय रुपैयाँले बढेर आइतबार तोलाको २ लाख ८७  हजार ३ सय रुपैयाँ भएको थियो।

चाँदीको मूल्य मंगलबार तोलामा १ सय ४० रुपैयाँ घटेको छ। संघका अनुसार कारोबार मूल्य तोलाको ४ हजार ५ सय ९० रुपैयाँ  आइपुगेको छ। सोमबार प्रति तोला ४ हजार ७ सय ३० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रति औंस ४१२४.४८ डलर र चाँदी प्रति औंस ६२.५९ डलरले कारोबार भइरहेको छ।