BIZMANDU
www.bizmandu.com

हिमालयन रि-इन्स्योरेन्सका सञ्चालक मिश्रले दिए राजीनामा, थापालाई कम्पनीले बोलायो फिर्ता

२०८३ असार ९

हिमालयन रि-इन्स्योरेन्सका सञ्चालक मिश्रले दिए राजीनामा, थापालाई कम्पनीले बोलायो फिर्ता
हिमालयन रि-इन्स्योरेन्सका सञ्चालक मिश्रले दिए राजीनामा, थापालाई कम्पनीले बोलायो फिर्ता

काठमाडौं। हिमालयन रि-इन्स्योरेन्सका सञ्चालक दीपक कुमार मिश्रले राजीनामा दिएका छन्।

Vigo
GBIME
Tata

संस्थापक सेयरधनी कालिका फिनकर्पका तर्फबाट सञ्चालक रहेका मिश्रले दिएको राजीनामा कम्पनीको सञ्चालक समितिको सोमबार बसेको बैठकले स्वीकृत गरेको छ।

कम्पनीमा अर्को संस्थापक सेयरधनी टेलि डिरेक्ट प्रालिका तर्फबाट मनोनीत सञ्चालक पृथ्वीराज थापालाई फिर्ता बोलाएको छ। टेलि डिरेक्ट प्रालि हाल कुनै प्रतिनिधि नपठाउने बताएको छ।

कम्पनीले सर्वसाधारण सेयरधनीका तर्फबाट सागर प्रसाद मुल्मीलाई सञ्चालकमा मनोनीत गरेको छ। उनलाई आगामी वार्षिक साधारण सभा नभएसम्मका लागि मनोनीत गरेको कम्पनीले जनाएको छ।