BIZMANDU
www.bizmandu.com

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यमा एक प्रतिनिधिले एक उम्मेदवारलाई मात्र प्रस्ताव गर्न पाइने

२०८३ असार ९

रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यमा एक प्रतिनिधिले एक उम्मेदवारलाई मात्र प्रस्ताव गर्न पाइने
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यमा एक प्रतिनिधिले एक उम्मेदवारलाई मात्र प्रस्ताव गर्न पाइने

भरतपुर। रास्वपाको चितवनको भरतपुरमा जारी महाधिवेशन लम्बिएको छ। निर्वाचन समितिका अनुसार प्रतिनिधिले एक उम्मेदवारलाई मात्र प्रस्ताव गर्न पाइनेछ। सभापतिको उम्मेदवारीका लागि एक जना प्रस्तावक र ५१ समर्थक अनिवार्य छ।

Tata
GBIME
Nepal Life

पदाधिकारी र केन्द्रीय सदस्यका लागि एक जना प्रस्तावक र २१ जना समर्थक हुनुपर्छ। प्रतिनिधिको नामावलीका विषयमा प्रक्रिया लम्बिँदा जारी अधिवेशन पूर्वनिर्धारितभन्दा लम्बिएको हो।

प्रतिनिधिको नामावली विवादले सरेको बन्दसत्र मंगलबार बिहान अहिलेसम्म पनि सुरु भएको छैन। ब्रेकफास्ट र प्रतिनिधिको कार्ड वितरण भइरहेको छ। बन्दसत्र सुरु हुन आज पनि निकै समय लाग्ने देखिन्छ। अहिले प्रतिनिधिहरू होटलबाट महाधिवेशन स्थल आइरहेका छन्।

पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार पार्टी सभापति पदका उम्मेदवारले मनोनयन फाराम दाखिला गर्दा १ (एक) जना प्रस्तावक र ५१ ( एकाउन्न ) जना समर्थकको अनिवार्य रूपमा नाम, सम्पर्क नम्बर र हस्ताक्षर हुनुपर्ने छ। पार्टी पदाधिकारी र पार्टी केन्द्रीय सदस्यका उम्मेदवारहरुले मनोनयन फारम दाखिला गर्दा १ (एक) जना प्रस्तावक र २१ (एक्काइस) जना समर्थकको अनिवार्य रूपमा नाम सम्पर्क नम्बर र हस्ताक्षर हुनुपर्ने छ।

यस्तै कुनै पनि पदका उम्मेदवारका एक प्रस्तावकले कुनै एकभन्दा बढी उम्मेदवारको उम्मेदवारी फारममा प्रस्तावकको रुपमा हस्ताक्षर गर्न पाइने छैन। कुनै पनि पदका उम्मेदवारका एक समर्थकले एकभन्दा बढी उम्मेदवारको उम्मेदवारी फाराममा हस्ताक्षर भने गर्न पाइनेछ।

यसैगरी कुनै पनि उम्मेदवारका प्रस्तावक वा समर्थकको रुपमा हस्ताक्षर गर्ने पार्टी सदस्यको नाम महाधिवेशन प्रतिनिधिको सूचीमा अनिवार्य हुनुपर्ने छ भने कुनै उम्मेदवारका प्रस्तावक वा समर्थक आफू स्वयं उम्मेदवार बन्न पाइने छैन।

उल्लिखित नियमविपरीत उम्मेदवार मनोनयन फारम दाखिला हुन आएमा उक्त उम्मेदवारी फाराम स्वतः अमान्य ठहर हुने आयोगद्वारा पार्टी प्रतिनिधिहरुका लागि जारी सूचनामा छ।