BIZMANDU
www.bizmandu.com

पेनाल्टीमा चुकेर पनि कमब्याक गर्दै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बने मेस्सी!

२०८३ असार ८

पेनाल्टीमा चुकेर पनि कमब्याक गर्दै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बने मेस्सी!
पेनाल्टीमा चुकेर पनि कमब्याक गर्दै विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बने मेस्सी!

काठमाडौं। लियोनल मेस्सी फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन्। डालसमा जारी फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’को खेलमा अस्ट्रियविरुद्ध गोल गरेसँगै मेस्सीले सर्वाधिक गोलको कीर्तिमान बनाएका हुन्।

Tata
GBIME
Nepal Life

पहिलो हाफमा साविक विजेता अर्जेन्टिनाले पहिलो हाफ सकिँदा अस्ट्रियामाथि १-० को अग्रता बनाएको छ। पहिलो हाफको नायक बनेका कप्तान लियोनेल मेसीले ३८औँ मिनेटमा गरेको गोल विश्वकप इतिहासकै विशेष बन्यो।

थियागो आल्माडाले सुरु गरेको आकर्षक मुभलाई फाकुन्डो मेडिनाले पेनाल्टी क्षेत्रभित्र कटब्याक पासमा परिणत गरेका थिए। त्यसलाई मेसीले पहिलो टचमै जाली चुमाउँदै अर्जेन्टिनालाई अग्रता दिलाए। योसँगै मेसीले विश्वकपमा आफ्नो १७औँ गोल पूरा गर्दै जर्मनीका मिरोस्लाभ क्लोजलाई पछि पारेर प्रतियोगिताको सर्वाधिक गोलकर्ता बने।

खेलको सुरुवातदेखि नै बल नियन्त्रणमा राखेको अर्जेन्टिनाले सातौँ मिनेटमै अग्रता लिने अवसर पाएको थियो। लाउटरो मार्टिनेजमाथि स्टेफान पोशले फउल गरेको भीएआरबाट देखिएपछि रेफ्रीले पेनाल्टी दिएका थिए। तर इतिहास रच्ने अवसरमा रहेका मेसीले नवौँ मिनेटमा प्रहार गरेको पेनाल्टी पोस्टभन्दा बाहिर प्रहार गरे।

जारी विश्वकपमा मेस्सीलाई किलियन एम्बाप्पेले नजिकबाट पछ्याइरहेका छन्। फ्रान्सका स्ट्राइकर एम्बाप्पेले हालसम्म १४ गोल गरेका छन्।