BIZMANDU
www.bizmandu.com

एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिने

२०८३ असार ८

एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिने
एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरिने

काठमाडौं। पूर्वअर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्। पौडेललाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको हो। उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ।

Tata
GBIME
Nepal Life

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले पौडेललाई नियन्त्रणमा लिएको हो।

बिचौलिया दीपक भट्टसँगको केसमा जोडेर प्रहरीले पौडेललाई नियन्त्रणमा लिएको हो। विशेष अदालतले भट्टलाई सम्पत्ति शुद्धीकरणको केसमा केही दिनअघि थुनामा पठाएको छ।