BIZMANDU
www.bizmandu.com

घट्यो धान चामलको आयात, ११ महिनामा भित्रिएको चामलमा बासमतीको हिस्सा २८ प्रतिशत

२०८३ असार ८

घट्यो धान चामलको आयात, ११ महिनामा भित्रिएको चामलमा बासमतीको हिस्सा २८ प्रतिशत
घट्यो धान चामलको आयात, ११ महिनामा भित्रिएको चामलमा बासमतीको हिस्सा २८ प्रतिशत

काठमाडौं। धान चामलको आयात ३.४८ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्ष ११ महिनामा ३६ अर्ब रुपैयाँ भन्दा बढीको धान चामल आयात भएको छ। गत वर्ष सोही अवधिमा ३७ अर्ब ४९ करोड रुपैयाँको धान चामल आयात भएको थियो।

Tata
GBIME
Nepal Life

भन्सार विभागको तथ्यांक अनुसार चालु आवको ११ महिनामा १७ अर्ब २३ करोड रुपैयाँको ४६ करोड ११ लाख केजी धान र १८ अर्ब ८६ करोड रुपैयाँको २३ करोड ८६ लाख केजी चामल आयात भएको छ। त्यसमध्ये ६ करोड ७६ लाख केजी बासमती चामल हो। बासमती चामल ७ अर्ब ८६ करोड रुपैयाँको आयात भएको छ।

गत वर्ष सोही अवधिमा १९ अर्ब ९९ करोड रुपैयाँको ५२ करोड १२ लाख केजी धान र १७ अर्ब ४९ करोड रुपैयाँको २२ करोड २५ लाख केजी चामल भित्रिएको थियो। त्यसमध्ये ७ अर्ब २६ करोड रुपैयाँको ६ करोड ६३ लाख केजी बासमती चामल हो।