BIZMANDU
www.bizmandu.com

नेपाली अलैंचीको विदेशमा उच्च माग, निर्यात ६७ प्रतिशतले वृद्धि, ११ महिनामा १२ अर्बको बिक्री

२०८३ असार ८

नेपाली अलैंचीको विदेशमा उच्च माग, निर्यात ६७ प्रतिशतले वृद्धि, ११ महिनामा १२ अर्बको बिक्री
तस्बिर : रासस।

काठमाडौं। अलैंचीको निर्यात मूल्यका आधारमा ६७ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्ष ११ महिनामा नेपालले १२ अर्ब १ करोड रुपैयाँको अलैंची विदेशमा बेचेको छ।

Tata
GBIME
Nepal Life

चालु आर्थिक वर्ष जेठसम्म ६० लाख केजीभन्दा बढी अलैंची विदेशमा बेचेको भन्सार विभागको तथ्यांक छ। पोहोर ७ अर्ब १९ करोड रुपैयाँको अलैंची निर्यात भएको थियो।

११ महिनामा २ खर्ब ७७ अर्ब रुपैयाँको वस्तु निर्यात हुँदा पहिलो नम्बरमा भने भटमास तेल छ। भटमास तेल १ खर्ब १३ करोड १८ लाख रुपैयाँको ५३ करोड केजीभन्दा बढी निर्यात गरिएको छ।

यस्तै गलैंचा ९ अर्ब ३८ करोड, सूर्यमुखी तेल ७ अर्ब ९९ करोड, पाम आयल ६ अर्ब १४ करोड र रेडिमेड कपडा ५ अर्ब ७८ करोड रुपैयाँको निर्यात भएको छ।

गत वर्ष सोही अवधिमा २भटमास तेल ९३ अर्ब ५१ करोड, सूर्यमुखी तेल ११ अर्ब ३३ करोड र गलैंचा ९ अर्ब ७८ करोड रुपैयाँको निर्यात भएको थियो।