BIZMANDU
www.bizmandu.com

बजारमा बढ्यो स्मार्ट फोनको माग, जेठमा भित्रियो ४ अर्ब ६ करोडको १.७७ लाख थान

२०८३ असार ८

बजारमा बढ्यो स्मार्ट फोनको माग, जेठमा भित्रियो ४ अर्ब ६ करोडको १.७७ लाख थान
बजारमा बढ्यो स्मार्ट फोनको माग, जेठमा भित्रियो ४ अर्ब ६ करोडको १.७७ लाख थान


काठमाडौं। चालु आर्थिक वर्ष स्मार्ट फोनको आयात बढेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार पोहोर ११ महिनाको तुलनामा यो आर्थिक वर्ष ६५ हजार ६८६ थान बढी स्मार्ट फोन भित्रिएको हो ।

Vigo
GBIME
Tata

गत आर्थिक वर्ष ११ महिनामा १९ लाख ७५ हजार ५१३ थान स्मार्टफोन आयात भएकामा चालु आर्थिक वर्ष जेठसम्म २० लाख ४१ हजार १९९ थान स्मार्ट फोन भित्रिएको विभागको तथ्यांक छ।

जेठमा मात्रै ४ अर्ब ६ करोड ३४ लाख रुपैयाँ बराबरको १ लाख ७७ हजार ३३० थान स्मार्ट फोन आयात भएको छ।

विभागका अनुसार चालु आव जेठसम्म ४३ अर्ब ४५ करोड ४७ लाख ६० हजार रुपैयाँ बराबरको स्मार्ट फोन आयात भएको छ। गत आर्थिक वर्ष सोही अवधिमा ३२ अर्ब ८ करोड ७८ लाख बराबरको फोन आयात भएको थियो ।

स्मार्ट फोन सबैभन्दा धरै चीनबाट आयात भएको छ। चीनबाट ३२ अर्ब ८४ करोड ५० हजार रुपैयाँ बराबरको १७ लाख १० हजार ९१० थान स्मार्ट फोन भित्रिएको हो।  

स्मार्टफोन आयातबाट ११ महिनामा ८ अर्ब १० करोड ५२ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन भएको छ। गत आर्थिक वर्ष सोही अवधिमा ५ अर्ब ९८ करोड २१ लाख २ हजार राजस्व संकलन भएको थियो।