BIZMANDU
www.bizmandu.com

कर्मचारी सञ्चय कोषको प्रशासकमा दर्खास्त आह्वान, ककसले दिन पाउँछन् आवेदन?

२०८३ असार ८

कर्मचारी सञ्चय कोषको प्रशासकमा दर्खास्त आह्वान, ककसले दिन पाउँछन् आवेदन?
कर्मचारी सञ्चय कोषको प्रशासकमा दर्खास्त आह्वान, ककसले दिन पाउँछन् आवेदन?

काठमाडौं। कर्मचारी सञ्चय कोषको रिक्त प्रशासक पदका लागि दरखास्त खुलेको छ। प्रशासक कोषको दैनिक कार्य सञ्चालन गर्ने प्रमुख प्रशासकीय प्रमुखको पद हो। यसका लागि अर्थ मन्त्रालय अन्तर्गत कर्मचारी सञ्चय कोषको प्रशासक छनोट तथा सिफारिस समितिले सोमबार सूचना प्रकाशित गरेको छ।

Tata
GBIME
Nepal Life

योग्यता पुगेका नेपाली नागरिकले १५ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबार, काठमाडौंमा गोप्य सिलबन्दी आवेदन दिन सक्ने सूचनामा छ। यो पदका लागि आवेदन दिने उम्मेदवार अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७७ को दफा ४ बमोजिम अयोग्य नरहेको हुनुपर्नेछ।

यसका साथै कर्मचारी सञ्चय कोष ऐन, २०१९ को दफा ६क. को उपदफा (१) मा तोकिएको योग्यता र अनुभवअनुसार प्रशासक पदका लागि उम्मेदवार कम्तीमा नेपाल सरकारको राजपत्रांकित प्रथम श्रेणी, कोष वा संस्थाको अधिकृत प्रथम श्रेणी वा दशौं तह वा सो सरहको पदमा कार्यरत कुनै एकजना सञ्चयकर्ता कर्मचारी हुनुपर्ने कानुनी व्यवस्था छ।

दरखास्तका साथ अर्थ मन्त्रालयको वेबसाइटमा प्रकाशित कार्यविधि, २०८३ को दफा ३ बमोजिमका कागजात तथा विवरण र स्वयं घोषणा निवेदक आफैंले प्रमाणित गरी पेस गर्नुपर्नेछ। यसका साथै शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयक्तिक विवरण, २ प्रति पासपोर्ट साइजको फोटो र कार्यविधिको दफा ५ बमोजिमको बढीमा पाँच हजार शब्दको खामबन्दी व्यावसायिक कार्ययोजना पेस गर्नुपर्छ। छनोट सूचीमा परेका उम्मेदवारहरूले आफूले पेस गरेको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण पनि गर्नुपर्छ।

दरखास्त दस्तुर पाँच हजार रुपैयाँ लाग्छ। प्रशासकको कार्यावधि पाँच वर्षको हुन्छ र करारमा उल्लेख भए बमोजिमका सर्तहरूको आधारमा मासिक पारिश्रमिक तथा अन्य सेवा सुविधा पाउँछन्।