BIZMANDU
www.bizmandu.com

सरकारी निकायले व्यवसायीलाई भुक्तानी गर्दा भ्याटको ३०% कट्टी गर्ने व्यवस्था खारेज

२०८३ असार ७

सरकारी निकायले व्यवसायीलाई भुक्तानी गर्दा भ्याटको ३०% कट्टी गर्ने व्यवस्था खारेज
सरकारी निकायले व्यवसायीलाई भुक्तानी गर्दा भ्याटको ३०% कट्टी गर्ने व्यवस्था खारेज

काठमाडौं। सरकारी निकायले व्यवसायीलाई भुक्तानी गर्दा भ्याटको ३० प्रतिशत कट्टी गर्ने व्यवस्था खारेज गरिएको छ।

Tata
GBIME
Nepal Life

मूल्य अभिवृद्धि कर नियमावलीमा २८औं संशोधन गरी व्यवसायीलाई भुक्तानी गर्दा भ्याटको ३० प्रतिशत कट्टी गर्ने व्यवस्था खारेज गरिएको हो। संशोधित नियमावलीमा साविकको नियम ६ग र अनुसूची-९ खारेज गरिएको छ।

सरकारी निकाय वा आयोजनाले निर्माण व्यवसायीलाई भुक्तानी दिँदा लाग्ने कुल १३ प्रतिशत भ्याटमध्ये ३० प्रतिशत रकम स्रोतमा कट्टी गरेर राजस्व खातामा जम्मा गर्ने व्यवस्था थियो।

अब आयोजनाले व्यवसायीलाई भुक्तानी दिँदा भ्याटबापतको रकम कट्टी गर्न पाउने छैनन्।

ठेक्कापट्टाको बिल भुक्तानी लिँदा बेहोर्नुपर्ने एउटा ठूलो आर्थिक र प्रशासनिक झन्झट अब कानुनी रुपमै अन्त्य भएको निर्माण व्यवसायीहरुले बताएका छन्।