BIZMANDU
www.bizmandu.com

३५औं वर्षमा ग्रेट वाल मोटर : १७० बढी देशमा उपस्थिति, ५० लाख युनिट बिक्री

२०८३ असार ७

३५औं वर्षमा ग्रेट वाल मोटर : १७० बढी देशमा उपस्थिति, ५० लाख युनिट बिक्री
३५औं वर्षमा ग्रेट वाल मोटर : १७० बढी देशमा उपस्थिति, ५० लाख युनिट बिक्री

काठमाडौं । ३५औं वार्षिकोत्सवको अवसरमा  ग्रेट वाल मोटर (जीडब्लुएम) ले आफ्नो अन्तर्राष्ट्रिय यात्राका महत्त्वपूर्ण उपलब्धिहरू सार्वजनिक गरेको छ।

Tata
GBIME
Nepal Life

एउटा सानो आन्तरिक सवारी साधन उत्पादकको रूपमा सुरु भएको जीडब्लुएमले हाल विश्वका १७० भन्दा बढी देश र क्षेत्रहरूमा आफ्नो उपस्थिति स्थापित गरिसकेको जनाएको छ।

खाडीमा पहिलो निर्यात ढुवानीबाट सुरु भएको यसको यात्रा क्रमशः युरोप, अष्ट्रेलिया, दक्षिण अफ्रिका, युरेसिया, र अझ अगाडि थाइल्याण्ड, जर्मनी, ब्राजिल र मेक्सिकोमा विस्तार भएको जनाइएको छ। प्रत्येक नयाँ बजार प्रवेशसँगै कम्पनीले स्थानीय उत्पादन, स्थानीय संचालन र विश्वव्यापी आपूर्ति श्रृंखला एकीकरणको सिद्धान्तलाई अंगीकार गरेको जनाएको छ। यसले गर्दा विश्वभर आफ्नो विश्वसनीयता र ग्राहक आधारलाई निरन्तर बलियो बनाउँदै लगेको कम्पनीको भनाइ छ।

यो लामो र निरन्तर यात्रामा जीडब्लुएमले प्राविधिक नवप्रवर्तनलाई सधैं प्राथमिकतामा राखेको जनाएको छ। हाल कम्पनीका पाँच प्रमुख उत्पादन श्रृंखलाहरू ‘हाभेल, वेइ, ट्यांक, ओरा र पोइर’ले व्यापक र विविध पोर्टफोलियो बनाएको भनिएको छ। फलस्वरूप, हाभेल एसयुभीको कुल विश्वव्यापी बिक्री ५० लाख युनिट नाघेको जनाइएको छ। यसबाट ग्राहकहरूले यस ब्रान्डमा राखेको विश्वासको स्पष्ट प्रमाण भएको कम्पनीले जनाएको छ।

यसबाहेक न्यूएनर्जी र अफरोड मोबिलिटीको मापदण्डलाई पुन: परिभाषित गर्ने एचआए४ प्रविधिको सुरुवात र ब्राजिलमा स्थानीय उत्पादन प्लान्टको स्थापना जस्ता पहलहरूले कम्पनीलाई दिगो र बौद्धिक मोबिलिटीमा विश्वव्यापी अग्रणीको रूपमा स्थापित गरेको जनाइएको छ। ग्रेट वाल मोटर्सले हालसम्म विश्वभर १ करोड भन्दा बढी सवारी साधन बिक्री गरिसकेको छ।

यी ब्रान्डहरूमध्ये जीडब्लुएमको इलेक्ट्रिक सब-ब्रान्ड ओराले आफ्नो विशिष्ट र भावनात्मक डिजाइन शैलीका लागि विश्वभर व्यापक मान्यता र प्रशंसा कमाएको कम्पनीको भनाइ छ। ओरा को ‘रेट्रो-फ्युचरिस्टिक’ डिजाइन दर्शनले प्रविधि र सौन्दर्यलाई सहज रूपमा मिसाएको छ, जसले विश्वव्यापी बजारका ग्राहकहरूको मन जित्न सफल भएको भनिएको छ।

यसको उत्कृष्टताको कदर गर्दै ओराले थुप्रै प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानहरू प्राप्त गरेको छ। जसमा धेरै ‘उत्कृष्ट डिजाइन’ पुरस्कारहरू समावेश छन्। यी उपलब्धिहरूले जीडब्लुएम को इन्जिनियरिङ क्षमता मात्र नभई रचनात्मक र भावनात्मक डिजाइन सोचमा विश्वका अग्रणी अटोमोटिभ उत्पादकहरूसँग प्रतिस्पर्धा गर्ने क्षमतालाई पनि प्रमाणित गरेको कम्पनीले जनाएको छ।

यी विश्वव्यापी उपलब्धिहरूलाई थप सुदृढ गर्दै जीडब्लुएमले भर्खरै आफ्नो नयाँ ब्रान्ड मूल्य प्रणाली र मिशन: ‘टेक टु इन्जोय एभ्री जर्नी’ (हरेक यात्राको आनन्द लिन प्रविधि) सार्वजनिक गरेको छ। यो मिसनले ‘सबै परिदृश्य, सबै पावरट्रेन, सबै प्रयोगकर्ता’  उत्पादन रणनीति मार्फत विश्वभरका ग्राहकहरूका लागि वास्तविक र दिगो मूल्य सिर्जना गर्ने कम्पनीको दीर्घकालीन प्रतिबद्धतालाई झल्काएको भनिएको छ।

जीडब्लुएमका लागि प्रविधि मार्फत प्रत्येक यात्रा, चाहे त्यो सहरको ट्राफिकमा यात्रा गर्ने होस् वा अफ-रोड साहसिक कार्यमा निस्कने होस्, सजिलो, सुरक्षित र अझ बढी रमाइलो हुनुपर्ने मान्यता रहेको जनाइएको छ।

यस विश्वव्यापी विस्तार रणनीतिको एक भागको रूपमा जीडब्लुएम अब नेपालमा पनि उपलब्ध छ। जसले दक्षिण एसियाभर कम्पनीको वृद्धिमा एक महत्त्वपूर्ण कदमको प्रतिनिधित्व गरेको भनिएको छ।

भीजी इम्पेक्स प्रा. लि.लाई नेपालमा जीडब्लुएम सवारी साधनको आधिकारिक आयातकर्ता नियुक्त गरिएको छ। जसको उद्देश्य नेपाली ग्राहकहरूका लागि जीडब्लुएमका उच्च गुणस्तर र प्रविधिले भरिपूर्ण सवारी साधनहरू भित्र्याउनु हो।

यस साझेदारी अन्तर्गत, नेपाली बजारमा चाँडै नै एक नयाँ जीडब्लुएम इलेक्ट्रिक एसयुभी सार्वजनिक हुन गइरहेको छ। जसले स्थानीय बजारमा सफा, स्मार्ट र आधुनिक मोबिलिटीको अनुभव प्रदान गर्ने भनिएको छ।

आगामी इभी एसयुभीमा जीडब्लुएम को उन्नत इलेक्ट्रिक गाडी प्रविधि, सुरक्षा मापदण्ड र इन्टेलिजेन्ट सुविधाहरू समावेश गरिएको छ। यसलाई नेपाली सडक र उपभोक्ताहरूको अद्वितीय आवश्यकताहरू पूरा गर्नका लागि डिजाइन गरिएको भनिएको छ।

आफ्नो ‘ग्लोबल इकोसिस्टम स्ट्राटेजी’ अन्तर्गत, जीडब्लुएम विश्वभर उच्च-गुणस्तर, दिगो र प्रविधि-संचालित वृद्धिको नेतृत्व गर्न प्रतिबद्ध रहेको कम्पनीको भनाइ छ।

नेपालमा यसको आधिकारिक उपस्थिति र नयाँ इभी एसयुभीको आगामी प्रक्षेपणले कम्पनीको विश्वव्यापी विस्तार रणनीतिलाई मात्र बलियो बनाउने छैन, बरु नेपालको अटोमोबाइल उद्योगमा एक नयाँ युगको सुरुवात गर्ने अपेक्षा पनि गरिएको कम्पनीले जनाएको छ।